नयाँ दिल्ली (भारत) । भारतको पश्चिमी राज्य गुजरातमा धातुका चिम्नी बोकिरहेकाबेला चिम्नीले विद्युत् लाइनमा छुँदा करेन्ट लागी कम्तीमा पाँच जना मजदुरको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।
शुक्रबार राति जयपुरको महापुरा इलाका भएको उक्त घटना शुक्रबार एक कार्यक्रममा क्याटरिङ सेवा प्रदान गरी सामान उठाउने क्रममा भएको थियो ।
चिम्नी बोकिरहेका मजदुरलाई ११ हजार केभी हाइटेन्सन लाइनमुनिबाट सामान उठाउने क्रममा करेन्ट लागी घटनास्थलमै उनीहरुको मृत्यु भएको थियो । पाकिस्तानी प्रहरीले घटनाको छानबिन सुरु गरेको जनाएको छ । रासस÷सिन्ह्वा
वि.सं.२०७३ कात्तिक १४ आइतवार ०३:३३ मा प्रकाशित