back
CTIZAN AD

साउदीले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्ने

वि.सं.२०७५ फागुन ६ सोमवार

648 

shares

६ फागुन, इस्लामाबाद । साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर सङ्कट व्यहोर्दै आएको छ । पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ ।

साउदी पत्रकार जमाल खसोग्जीको हत्याको अभियोगमा निकै आलोचित भएका राजकुमार सल्मान एसियाका तीन मुलुकको भ्रमणको सिलसिलामा पाकिस्तान आइपुगेका हुन् । पाकिस्तानमा राजकुमार सल्मानलाई भव्य स्वागत गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबियाले लामो समयदेखि प्रदान गरिरहेको सहयोगका लागि राजकुमार सल्मान र साउदी सरकारप्रति आभार प्रकट गरे । उनले भने, “पाकिस्तान र साउदी अरेबियाबीचको सम्बन्ध अझ नयाँ उचाईमा पुगेको छ ।”

खानले प्रधानमन्त्री भएपछि यसअघि दुई पटक साउदी अरेबियाको भ्रमण गरिसकेका छन् ।

साउदी राजकुमार इस्लामाबाद नजिकैको सैनिक अड्डामा आइपुग्नुहुँदा २१ तोपको सलामी दिइनुका साथै प्रधानमन्त्री खान र प्रधानसेनापति जनरल कमार जाभेद बज्वाले राजकुमारलाई स्वागत गरेका थिए ।

राजकुमार सल्मानको भ्रमण भारत र इरान दुबै मुलुकमा तनाबको वातावरण रहेकै समयमा भएको छ । भारतको काश्मिरमा भएको आक्रमण तथा इरानमा भएको अर्को आत्मघाती आक्रमणमा पाकिस्तानको समर्थन रहेको इरान र भारतले दाबी गरिरहेका छन् ।

पाकिस्तानले भारतको आरोपको खण्डन गरिसकेको छ । भारतमा केही हुनासाथ त्यसको दोष पाकिस्तानमाथि लगाउने भारतको पुरानै प्रचलन हो भन्दै इस्लामाबादले काश्मिरमा भएको घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट गरेको छ ।

साउदी राजकुमार पाकिस्तानको दुई दिने भ्रमण पूरा गरी भारत जानेछन् । भारतमा राजकुमार सल्मानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गर्नु हुनेछ । त्यसपछि उनी चीनको दुई दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्नेछन् ।

वि.सं.२०७५ फागुन ६ सोमवार १७:१३ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...