back

अस्ट्रेलियाली राजनीतिक दल र संसद्को कम्प्युटर ह्याक गरियो

वि.सं.२०७५ फागुन ६ सोमवार

357 

shares
GLOBAL IME AD
NTC AD

६ फागुन, सिड्नी । अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दल र संसद्का सूचना ह्याक भएको र निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको जनाएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरुलाई जानकारी दिएको छ । उनले केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको बताए ।

“हाम्रा साइबर विज्ञहरुको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्,” प्रधानमन्त्री मोरिसनले बताए । उनले अरु के कस्ता सामग्री चोरी गरिएको भन्ने बारेमा अझै थाहा नभएको बताए ।

यसै महिनाको शुरुमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो । अस्ट्रेलियाले सुरक्षा निकायले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको बताएका छन् ।

उक्त घटनापछि प्रधानमन्त्री र मन्त्री स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए ।

साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताए । उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गरे । उनले रुससँग पनि यस्तो क्षमता रहेको बताए ।

वि.सं.२०७५ फागुन ६ सोमवार १७:२० मा प्रकाशित

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

याङ्गुन । म्यान्माका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको...

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

इस्लामावाद । पाकिस्तानका विभिन्न क्षेत्रबाट लिइएको २२ वटा वातावरणीय नमूनामा...

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत...

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

मस्को ।  रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि शुक्रबार...

ब्राजिलका   पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्राजिलका  पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्रासिलिया ।  ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र...

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

वासिङ्टन ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग...