back
CTIZAN AD

अस्ट्रेलियाली राजनीतिक दल र संसद्को कम्प्युटर ह्याक गरियो

वि.सं.२०७५ फागुन ६ सोमवार

648 

shares

६ फागुन, सिड्नी । अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दल र संसद्का सूचना ह्याक भएको र निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको जनाएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरुलाई जानकारी दिएको छ । उनले केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको बताए ।

“हाम्रा साइबर विज्ञहरुको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्,” प्रधानमन्त्री मोरिसनले बताए । उनले अरु के कस्ता सामग्री चोरी गरिएको भन्ने बारेमा अझै थाहा नभएको बताए ।

यसै महिनाको शुरुमा पनि अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो । अस्ट्रेलियाले सुरक्षा निकायले यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको बताएका छन् ।

उक्त घटनापछि प्रधानमन्त्री र मन्त्री स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका थिए ।

साइबर सुरक्षा विज्ञ फर्गस हान्सोनले एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने बताए । उनले सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको पनि दाबी गरे । उनले रुससँग पनि यस्तो क्षमता रहेको बताए ।

वि.सं.२०७५ फागुन ६ सोमवार १७:२० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...