back

राप्रपाको दबाबमूलक अभियान सुरु, प्रमलाई बुझाइयो ज्ञापनपत्र

वि.सं.२०७५ फागुन ७ मंगलवार

366 

shares
GLOBAL IME AD
NTC AD

फागुन ३० गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुने उक्त अभियानमा महङ्गी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्नेलगायत माग गरिएको छ

७ फागुन, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा सङ्घीयताबारे जनताको अभिमत बुझ्न जनमत सङ्ग्रहलगायत माग गर्दै आजदेखि दबाबमूलक अभियान शुरु गरेको छ । जनसंघर्षको २२बुंदे माग सहितको ज्ञापनपत्र राप्रपाले प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ।

फागुन ३० गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुने उक्त अभियानमा महङ्गी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्नेलगायत माग गरिएको छ । पार्टीले अध्यक्ष कमल थापाको नेतृत्वमा नयाँ बानेश्वरबाट पदयात्रासहित माइतीघर मण्डलामा पुगेर कोणसभा गरी अभियान शुभारम्भ गरेको थियो । कार्यक्रममा अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याउनुपर्नेमा जोड दिँदै शङ्कास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोवारमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने बताए ।

नेता बुद्धिमान तामाङले पार्टीले २२ बुँदे मागपत्रमा उल्लेख गरेका विषयलाई सरकारले फागुन मसान्तसम्ममा सम्बोधन गर्नुपर्ने बताउँदै पार्टीले उठाएका विषयमा जनमत सिर्जना गर्न, जनतालाई जागरुक तुल्याउन यही फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्न लागेको जानकारी दिए ।

हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षणको माग गरेको सो पार्टीले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक बिदा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । यसैबीच पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई, सातै प्रदेशमा प्रदेशका मुख्य मन्त्रीलाई र सबै जिल्लामा प्रजिअमार्फत सरकारलाई मागपत्र बुझाएको नेत्री कुन्तिदेवी पोखरेलले जानकारी दिइन् ।

वि.सं.२०७५ फागुन ७ मंगलवार २०:२३ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...