back
CTIZAN AD

राप्रपाको दबाबमूलक अभियान सुरु, प्रमलाई बुझाइयो ज्ञापनपत्र

वि.सं.२०७५ फागुन ७ मंगलवार

681 

shares

फागुन ३० गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुने उक्त अभियानमा महङ्गी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्नेलगायत माग गरिएको छ

७ फागुन, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा सङ्घीयताबारे जनताको अभिमत बुझ्न जनमत सङ्ग्रहलगायत माग गर्दै आजदेखि दबाबमूलक अभियान शुरु गरेको छ । जनसंघर्षको २२बुंदे माग सहितको ज्ञापनपत्र राप्रपाले प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ।

फागुन ३० गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुने उक्त अभियानमा महङ्गी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्नेलगायत माग गरिएको छ । पार्टीले अध्यक्ष कमल थापाको नेतृत्वमा नयाँ बानेश्वरबाट पदयात्रासहित माइतीघर मण्डलामा पुगेर कोणसभा गरी अभियान शुभारम्भ गरेको थियो । कार्यक्रममा अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा विदेशमा लुकाएर राखिएको कालोधन देशभित्र ल्याउनुपर्नेमा जोड दिँदै शङ्कास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोवारमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्नुपर्ने बताए ।

नेता बुद्धिमान तामाङले पार्टीले २२ बुँदे मागपत्रमा उल्लेख गरेका विषयलाई सरकारले फागुन मसान्तसम्ममा सम्बोधन गर्नुपर्ने बताउँदै पार्टीले उठाएका विषयमा जनमत सिर्जना गर्न, जनतालाई जागरुक तुल्याउन यही फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्न लागेको जानकारी दिए ।

हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समूहलाई समेत सबै क्षेत्रमा कम्तीमा १० प्रतिशत आरक्षणको माग गरेको सो पार्टीले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक बिदा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । यसैबीच पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई, सातै प्रदेशमा प्रदेशका मुख्य मन्त्रीलाई र सबै जिल्लामा प्रजिअमार्फत सरकारलाई मागपत्र बुझाएको नेत्री कुन्तिदेवी पोखरेलले जानकारी दिइन् ।

वि.सं.२०७५ फागुन ७ मंगलवार २०:२३ मा प्रकाशित

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...