back
CTIZAN AD

मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा

वि.सं.२०७५ फागुन ७ मंगलवार

720 

shares

७ फागुन,अङ्कारा। टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ । “मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उनले भने ।

उनले थपे, “विभिन्न क्षेत्रका हाम्रा जनताको चाहनानुसार काम गर्न निर्वाचित सांसदहरूलाई मिलाउने र सहमत गराउने प्रयास मैले गरेँ ।”सभामुखबाट राजीनामा दिएको बिनालीले सत्तारुढ दल न्याय र विकास पार्टी (एकेपी)को तर्फबाट इस्तानबुल नगरको मेयरका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।

उनले राजीनामा दिएपछि सभामुखका लागि फेरी निर्वाचन गर्नुपर्ने भएको छ । सम्भवतः यही फेब्रुअरी २४ वा २५ तारिखका दिन सभामुखको निर्वाचन हुने अनुमान गरिएको छ ।

वि.सं.२०७५ फागुन ७ मंगलवार २०:४८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...