back
CTIZAN AD

महाभियोगले सरकारलाई कुनै असर गर्दैन ः मन्त्री पौडेल

वि.सं.२०७३ कात्तिक १७ बुधवार

1K 

shares

पर्वत, १७ कात्तिक । शिक्षामन्त्री धनीराम पौडेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको प्रस्तावले सरकारलाई कुनै असर नगर्ने बताउनुभएको छ ।

उहाँले महाअभियोग प्रस्ताव सरकारको नभई संसद्को विशेषाधिकार भएकाले सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारीमा रहेको पनि उहाँको भनाइ थियो ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा पर्वतले आज कुश्मा बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले महाभियोग प्रस्ताव सर्वसम्मत् रुपमा पारित हुने दाबी गर्नुभयो ।

मन्त्री पौडेलले भन्नुभयो “संविधान संशोधन गरी मधेसवादी दललाई पनि सहमतिमा ल्याएर स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।”

अर्को प्रसङ्गमा मन्त्री पौडेलले भन्नुभयो “हालै संशोधन भएको शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली निर्माण कार्य अन्तिम चरणमा पुगेको र शिक्षा आयोग गठनको तयारी भएको तथा अस्थायी शिक्षक व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।”

जनताको गुणस्तरीय शिक्षामा पहुँच बढाउने, विद्यालयको पहुँचमा आएका विद्यार्थीलाई टिकाउने र दक्ष बनाउन यसै वर्षदेखि सातवर्षे विद्यालय क्षेत्र विकास योजना लागू गरेको मन्त्री पौडेलले बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक १७ बुधवार ०९:४७ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...