back
CTIZAN AD

प्रवासीको सहयोगमा पुस्तकालय

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

921 

shares

बाबियाचौर (म्याग्दी), १८ कात्तिक । प्रवासीको सहयोगमा म्याग्दीको हिस्तान गाविसको घराम्दी निमाविमा पुस्तकालय स्थापना गरिएको छ ।

विद्यार्थीको पढाइप्रति रुचि बढाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा पुस्तक खरिद र फर्निचर व्यवस्थापनका लागि प्रवासीबाट रु चार लाख ३० हजार नौ सय ७२ सहयोग प्राप्त भएको प्रधानाध्यापक तीर्थबहादुर पुनले बताउनुभयो ।

हाल बेलायतमा रहेका घराम्दीका बासिन्दाले पुस्तकालय स्थापनाका लागि सहयोग सङ्कलन गरेर पठाएका थिए । पुस्तकालयमा पाठ्यक्रम, साहित्य, बालसाहित्य, इतिहास, राजनीति, धर्मलगायत विधाका करिब एक हजार थान पुस्तक रहेका छन् ।

विद्यार्थीका अतिरिक्त गाउँका अभिभावक र युवायुवती पनि पुस्तकालयमा अध्ययनका लागि आउने गरेका छन् । सो विद्यालयले कम्प्युटर विषयका साथै अडियो र भिडियोको माध्यमबाट समेत पठनपाठन गराउन थालेको छ । कक्षा ८ सम्मको पढाइ हुने सो विद्यालयमा ५० जना विद्यार्थी रहेका छन् । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०२:५१ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...