back
CTIZAN AD

आगोमा जलेर एक बालिकाको मृत्यु

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

1.1K 

shares

राजविराज, १८ कात्तिक । सप्तरीको बेल्हीचपेना–६ मा आगलागीमा परी बुधवार एक बालिकाको मृत्यु भएको छ ।

स्थानीयवासी शिवनारायण मण्डलको घरमा टुकीबाट अचानक सल्केको आगोले निजको टिनको छानो भएको एकतले कच्चीघर जल्नुका साथै सोही आगलागीमा परी उनकी १२ वर्षीया छोरी सङ्गीता मण्डलको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

सो आगलागीबाट घरमा रहेका भाँडावर्तन, अन्नपात, लत्ताकपडा र नगद गरी रु डेढ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०२:४७ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...