Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

आगोमा जलेर एक बालिकाको मृत्यु



राजविराज, १८ कात्तिक । सप्तरीको बेल्हीचपेना–६ मा आगलागीमा परी बुधवार एक बालिकाको मृत्यु भएको छ ।

स्थानीयवासी शिवनारायण मण्डलको घरमा टुकीबाट अचानक सल्केको आगोले निजको टिनको छानो भएको एकतले कच्चीघर जल्नुका साथै सोही आगलागीमा परी उनकी १२ वर्षीया छोरी सङ्गीता मण्डलको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

सो आगलागीबाट घरमा रहेका भाँडावर्तन, अन्नपात, लत्ताकपडा र नगद गरी रु डेढ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी