Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

भैरवस्थान मन्दिरमा रु छ लाख भेटी सङ्कलन



पाल्पा ,  रामपुर १८ कात्तिक । यहाँको भैरवस्थान मन्दिरमा रु ६ लाख बराबरको भेटी सङ्कलन भएको छ । जिल्लाकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्रका रुपमा स्थापित यस मन्दिरमा दसँैको अवसरमा सो रकम सङ्कलन भएको हो ।

कालरात्रिका अवसरमा मन्दिरमा अहिलेसम्मकै ठूलो दान रकम सङ्कलन भएको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताउनुभयो । अघिल्लो वर्ष यस मन्दिरमा रु एक लाख बराबरको दान रकम सङ्कलन भएको थियो ।

यस वर्ष सो अवसरमा पाँच सय बोका, पाँच सय कुखुरा गरी करिब एक हजार पाँच सयको हाराहारीमा पशु बलि चढाइएको थियो भने ५० हजारभन्दा बढी दर्शनार्थीले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ