back
CTIZAN AD

काश्मिरमा भएको बम र गोली प्रहारमा ६ को मृत्यु

वि.सं.२०७३ कात्तिक १७ बुधवार

963 

shares

श्रीनगर (भारत), १६ कात्तिक । भारत–पाकिस्तानको ब्यापारिक सीमाक्षेत्र काश्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारत अधिनस्थ काश्मिरको रामगढ ग्रामीण इलाकामा पाकिस्तानी सेनाले बम र गोली प्रहार गर्दा दुईजना बालबालिकासहित ४ जनाको मृत्यु भएको प्रहरी अधिकारी जोगिन्दर सिंहले बताए भने जिल्ला प्रशासक पवन कोतवालका अनुसार काश्मिरकै रजौरी ग्रामीण इलाकामा पनि पाकिस्तानी सेनाको गोली प्रहारबाट दुई महिलाको मृत्यु हुनाको साथै कम्तीमा अन्य नौ जना घाइते भएका छन् ।
हालैका केही हप्ताहरुमा काश्मिर सीमाक्षेत्रमा फेरी भारतीय र पाकिस्तानी सैनिकबीच तनाव चुलिँदै गएकाले बारम्बार गोली हानाहानका घटनाहरु दोहोरिइ दुबैतर्फका सर्वसधारण नागरिकहरु निशानामा परिरहेका र विपक्षीले नै पहिला गोली छाडेको भनी एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेको छ ।
दुबै पक्षबीच धेरै पहिला नै छलफल र सहमति भै निर्धारण गरिएको “नियन्त्रण रेखा” (लाइन अफ कन्ट्रोल) को विन्दुले काश्मिरलाई दुइ खण्डमा विभाजन गरेको छ । सो नियन्त्रण रेखा रक्षार्थ भारत र पाकिस्तान दुबैतर्फका सेनाहरु तैनाथ गरिएका छन् ।
तैनाथ गरिएका सेनालाई सहयोग गर्न आ–आफ्ना देशबाट छुट्टै सीमा सुरक्षा बल (अर्ध सैनिक दस्ता वा प्यारामिलिटरी ट्रूप्स) पनि खटिएका छन् । यसरी खटिएका सुरक्षाकर्मीहरुले भारततर्फ भारत–अधिनस्थ काश्मिर र पाकिस्तानतर्फ पञ्जाब प्रान्त अन्तर्गत पर्ने काश्मिर क्षेत्र पट्टिको सीमारेखाको निगरानी गर्छन् ।रासस ÷एपी

वि.सं.२०७३ कात्तिक १७ बुधवार १०:२१ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...