Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

कोइला खानी विस्फोटमा ३३ को मृत्यु



चोङ्गकिङ्ग (चीन), १७ कात्तिक । चीनको चोङ्गकिङ्ग महानगरमा रहेको एक कोइला खानीमा ग्यास विस्फोटको कारण भएको दुर्घटनामा परी ३३ व्यक्तिको मृत्यु भएको छ ।

बेपत्ता रहेका १५ व्यक्तिको शव बुधबार बिहान सवेरै फेला परेपछि सो सङ्ख्या ३३ पुगेको छ । योङ्गचुआन जिल्लामा रहेको जिनसानगोउ कोइला खानीको पिटबाट ८० भन्न्दाबढी उद्धारकर्ताको टोलीले बुधबार विहान १५ शवलाई निकालिएको स्थानीय उद्धार प्रमुख कार्यालयले जनाइएको छ ।

स्थानीय समयाअनुसार सोमबार विहान ११ः३० सो घटना भएको थियो । दुर्घटनाको समयमा खानीमा ३५ कामदार कार्यरत थिए ।

दुई जना भने भागेर बाँच्च सफल भएका थिए । कोइला खानीमा फसेका १८ जनाको शव उद्धारकर्ताको टोलीले मङ्गलबार निकालेका थिए ।

बाँकी १५ जनाको शव बुधवार निकालेपछि सो घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३३ पुगेको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम