back
CTIZAN AD

रहेनन् वामपन्थी अगुवा श्रेष्ठ

वि.सं.२०७५ फागुन ११ शनिवार

669 

shares

११ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको आज ८७ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठको आज दिउँसो आफ्नै निवास शङ्खमूलमा निधन भएको हो  ।

स्वास्थ्यमा समस्या देखिएपछि गत माघ १८ गते उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै श्रेष्ठलाई केही दिन पहिले निवासमा फिर्ता ल्याइएको थियो । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

यस्तै उनले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना ९भाग–१०’, ‘लेनिनवादका आधार’, ‘माक्र्सवाद र जातीय सवाल’लगायत माक्र्सवादी पुस्तकको अनुवाद गरेका थिए ।
दर्जनौँ मौलिक माक्र्सवादी कृति र दर्जनौँ अनुदित माक्र्सवादी दर्शन साहित्य रचना गरेका श्रेष्ठको ‘कार्ल माक्र्स ः व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘माक्र्सवाद चिनारी पुस्तकमाला’ जस्ता माक्र्सवादी दर्शनका विभिन्न घटकबारे लेखिएका दर्जनौँ कृति रहेका छन् ।

श्रेष्ठले नेपालका कम्युनिस्ट पार्टीको एकताको सवालमा लामो समयदेखि नै प्रयास गर्दै आएका थिए ।

वि.सं.२०७५ फागुन ११ शनिवार २०:५० मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...