back
CTIZAN AD

भैँसीमा भ्यागुते रोग, सत्र भैँसी मरे

वि.सं.२०७५ फागुन ११ शनिवार

798 

shares

११ फागुन, लमही । दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार भँैसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन् । त्यहाँका भैँसीमा ¥याल छोड्ने, घाँटी सुन्निने एवं श्वासप्रश्वास बन्द भएर मर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अनन्त रेग्मीले बताए ।

एक हप्तादेखि भ्यागुते रोगले गर्दा भैँसी मरे पनि किसानले स्वास्थ्य शाखालाई जानकारी नगराउँदा रोग झनै फैलिएको प्रमुख रेग्मीको भनाइ छ । “एक हप्ताअघि देखि यो रोगले भैँसीहरु मर्ने गरेका रहेछन्,” उनले भने, “तर किसानले रोग लागेको भनी कुनै जानकारी नगराउँदा यसरी धेरै पशुहरु मरे ।” अहिले ११ वटा भँैसीलाई उपचार गराइरहेको समेत उनले बताए ।

उक्त रोग नियन्त्रण गर्नका लागि प्राविधिक टोलीसमेत खटिएको भन्दै छिट्टै नियन्त्रणमा आउने प्रमुख रेग्मीले बताए । उनका अनुसार मौसम परिवर्तनसँगै भैँसी तथा गाईमा यस्तो रोग देखापर्छ । “प्राय ः मौसम परिवर्तनसँगै फागुन, चैत, साउन, भदौतिर पशुहरुमा यस्तो रोग देखिन्छ,” उनले भने ।

यस्तो रोग लागेका पशुलाई अन्य पशुसँग सँगै राख्दा सर्ने भएकाले सङ्क्रमित पशुलाई छुट्टै राख्न किसानलाई सुझाव दिएको पनि बताए । प्रायः त्यस क्षेत्रमा बढी भँैसीपालन हुने गरेको र सँगै चराउन लैजाने गर्ने भएकाले यस्तो रोग महामारीका रुपमा फैलिएको प्रमुख रेग्मीले बताए । यो रोग ‘ब्याक्टोरिया’ बाट सर्ने भएकाले फैलिन नदिन रोगले सङ्क्रमण नगरेका भैँसीहरुलाई समेत ‘भ्याक्सिन’ लगाउने कार्य भइरहेको उनको भनाइ छ ।

उहाँका अनुसार अबको एक÷दुई दिनमा यो रोग नियन्त्रणमा आउँछ । यसका लागि किसानलाई पनि सङ्क्रमित पशुलाई लसपस नगराउन, भैँसी राख्ने ‘खोर’ सरसफाइ गर्न सुझाव दिने गरेको उहाँको भनाइ छ । “सङ्क्रमित पशुहरुलाई अन्य पशुसँग लसपस गराउनु हुँदैन”, उनल भन्, “भैँसी तथा गाई राख्ने ठाउँपनि सुरक्षित हुनुपर्छ ।”

आफूले पालेका भँैसीहरु मर्न थालेपछि किसान भने चिन्तित बनेका छन् । प्राय ः भैँसीपालन गर्ने गरेका त्यस क्षेत्रका किसान भँैसी मर्न थालेपछि दैनिकी समेत प्रभावित हुने गरेको छ । आसपासका किसान पनि रोग पशुमा रोग सर्ने त्रासमा छन् ।

वि.सं.२०७५ फागुन ११ शनिवार २०:५२ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...