back
CTIZAN AD

‘कृषि उद्योगको विकास नगरी समृद्ध नेपालको परिकल्पना गर्न सकिँदैन’

वि.सं.२०७५ फागुन ११ शनिवार

615 

shares

 

 

 

११ फागुन, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उद्योगको विकासले मात्र समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताएका छन् । भक्तपुरको गट्ठाघरमा सञ्चालनमा आएको भक्तपुर तरकारी होलसेल तथा फलफूल बजारको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि र कृषिसँग सम्बन्धित औद्योगिकीकरणको विकास अत्यावश्यक रहेको बताएका छन् ।

उनले भने, “नेपालको समृद्धिको प्रमुख आधार कृषिमा आधुनिकीकरण, व्यावसायिकीकरण र विविधीकरण नै हो, कृषि र यसको उद्योगको विकास भए मात्रै देशको समृद्धिको विकास हुन्छ ।” कृषि उत्पादन वृद्धि गर्न विज्ञान र प्रविधिको उपयोग गर्दै कृषिमा आधारित व्यवसाय सञ्चालन गरी कृषि उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालको जल, जमीन र जडीबुटीको समुचित उपयोग गरी कृषिलाई व्यावसायिक र आधुनिक बनाउन सकिनेतर्फ ध्यान जानुपर्ने आँैल्याएका छन् ।

कृषकको समग्र समस्याको समाधान राज्यले नै गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालमा प्रशस्त प्राकृतिक स्रोतसाधन भए पनि यसको समुचित प्रयोग हुन नसक्दा देश गरीब भएकाले अब कृषिमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताए । कृषकको समस्या राज्यले नै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले पछिल्लो समयमा ल्याएको कृषकमुखी कार्यक्रम निकै उपलब्धिमूलक भएको बताए ।

कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले कृषिको व्यावसायिकीकरण र बजार व्यवस्थापनका लागि सरकारले कृषकलाई ५० प्रतिशत अनुदान दिएर देशभर पाँच स्थानमा कृषि बजार बनाउने तयारी गरिरहेको बताए । उनले भने, “कृषकको एक करोड र सरकारको एक करोडको अनुदान रकमबाट मुलुकका पाँच स्थानमा कृषि बजार निर्माण गर्ने तयारीअनुरुप सरकारले तीन स्थानमा जमीनको समेत व्यवस्था गरिसकेको छ, पाँच ठाउँमा तरकारी बजार व्यवस्थापन भएपछि कृषकलाई तरकारीको बजार पाउन समस्या छैन ।”

कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङले कृषिलाई आधुनिक र वैज्ञानिक ढङ्गबाट विकास गर्दै कृषि उत्पादन बढाउन नार्कले विभिन्न अनुसन्धनात्मक कार्य गरिरहेको र अर्गानिक खेतीको विकासका लागि योजना बनाइरहेको बताए । त्यस अवसरमा नेकपा नेता उर्मिला अर्याल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतले कृषिको विकासका लागि सरकारले विषादीरहित कृषि उत्पादन गर्ने ढङ्गबाट योजना बनाएर कार्य गर्नुपर्नेमा जोड दिए ।

भक्तपुरका व्यवसायी श्यामसुन्दर बस्नेतले भक्तपुरको गठ्ठाघरमा ६ करोड ५० लाखको आठ रोपनी क्षेत्रफलमा शुरु गरेको तरकारी बजारमा १३० सटर र १५० स्टल गरी २८० बटा तरकारी तथा फलफूल पसल सञ्चालनमा आएको जानकारी दिए । उनले अब भक्तपुरको गाउँगाउँमा तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्दै तरकारी उत्पादन, सङ्कलनसहित सुपथ मूल्यमा ताजा तरकारी उपलब्ध गराउने बताउँदै कालीमाटीपछिको दोस्रो ठूलो बजार भएकाले अब बिचौलियाको अन्त्य हुने र कृषकले उचित मूल्य घरआँगनमै पाउने बताए ।

वि.सं.२०७५ फागुन ११ शनिवार २०:५९ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...