१२ फागुन काठमाडौ । ललितपुरको नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार साँझ अज्ञात समुहले बम बिस्फोटन गरायो । बिस्फोटनमा तीन सर्वसाधारण घाइते भएकोमा शनिबार एक जनाको निधन भएको छ ।
विस्फोटनमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङ,काभ्रेकी २५ वर्षीया आयुषा मानन्धर र बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का धाइते भएकामा गुरुङको उपचारका क्रममा शनिबार निधन भएको हो । सर्वसाधारणका अनुसार त्यहाँ बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो ।
बमको त्रासले सर्वसाधारणको भिड लागेको थियो । तर उद्धार गर्न केही ढिलो गरी आएको प्रहरीपनि घाइतेको उद्धार भन्दा पनि मुचुल्का उठाउन लागे । यसबिचमा १० मिनेट मुचुल्का उठाउदै लाग्यो ।
स्थानीयका अनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर त्यहाँ जान रोक लगाएको थियो । चोटपटक लागेको तथा रगत बगिरहेको अवस्थामा समेत प्रहरीले मुचुल्का उठाइरहँदा घाइतेको उद्धारमा ढिलाइ भएको भन्दै सर्वसाधारण आफैले अस्पताल लान ट्याक्सी तयार पारे तर प्रहरीले अनुमती दिएन् । आइतबारको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १२ आइतवार ०७:४९ मा प्रकाशित






























