
१२ फागुन, जुम्ला । रोजगारीका लागि भारत मुग्लान छिरेकाहरु गाउँ फर्किन थालेका छन् । मुग्लान पसेकाहरु धमाधम फिर्ता हुन थालेपछि सुनसान रहेका जिल्लाका ग्रामीण बस्ती भरिभराउ हुन थालेका हुन् । दशै मनाएर यहाँका अधिकांश बासिन्दा रोजगारीका लागि भारत पसेका थिए ।
अधिकांश पुरुस र युवा भारत पसेपछि हिउँदमा यहाँको बस्ती सुनसान जस्तै थिए । तर, हिजोआज मुग्लानबाट उनहिरु गाउँ फिर्ता भइरहेका छन् ।
फागुन लागेसँगै जिल्लामा विकासे काम कृषिको सिजन सुरु भएको छ । यसकारण पनि यनीहरु गाउँ फर्किन थालेका हुन् । सुख्खा र चिसो मौसमका कारण कात्तिकदेखी फागुनसम्म यहाँ विकास निर्माण र कृषिको काम हुँदैन ।
यो समयमा यहाँको बेरोजगार युवा बर्सेनी भारतमा काम खोज्दै जाने गर्छन् । आइतबारको अन्नपुर्ण पोष्ट दैनिकमा नन्दराम जैसीले लेखेका छन् ।
वि.सं.२०७५ फागुन १२ आइतवार ०८:४४ मा प्रकाशित






























