back
CTIZAN AD

सरकारको लगानीअनुरुप शैक्षिक गुणस्तर आवश्यक : मन्त्री अधिकारी

वि.सं.२०७५ फागुन १२ आइतवार

1.2K 

shares

१२ फागुन, पोखरा ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानीअनुरुप गुणस्तर आवश्यक भएको बताएका छन् । पोखरा महानगरपालिका–३३ तल्लो पूर्णीस्थित भुलभुला आधारभूत विद्यालयको ५६ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवसको आज उद्घाटनमा उनले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासबाट शैक्षिक स्तर माथि उठाउनुपर्ने बताएका थिए ।

शैक्षिक क्षेत्रको विकासका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट एवं दक्ष शिक्षकका लागि सङ्घीय र प्रदेश सरकारको सहयोग रहने बताए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेको बताउँदै मन्त्री अधिकारीले आगामी दुई वर्षको अवधिमा पोखराबाट सिधै विदेशमा उडान हुने विश्वास व्यक्त गरेका थिए ।

विमानस्थलको धावनमार्ग, ट्याक्सी पार्किङ निर्माणको अन्तिम चरण पुगेको पुग्नुका साथै हालसम्म २८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिँदै उनले विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले खानेपानी र बाटो निर्माणसँगै व्यावसायिक कृषि एवं पशुपालनमा जोड दिँदै मुलुकको समृद्धि अभियानमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शङ्कर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी यज्ञप्रसाद आचार्य र गोपाल पुन, सरस्वती टीका मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य दिलबहादुर श्रेष्ठलगायतले सामुदायिक विद्यालयको महत्वमाथि प्रकाश पारेका थिए ।

विद्यालयका अक्षयकोष दाता, शिक्षक पूर्णबहादुर थापालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको उक्त कार्यक्रममा कक्षागत र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो ।

वि.सं.२०७५ फागुन १२ आइतवार ०९:११ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...