back

सरकारको लगानीअनुरुप शैक्षिक गुणस्तर आवश्यक : मन्त्री अधिकारी

वि.सं.२०७५ फागुन १२ आइतवार

423 

shares
GLOBAL IME AD
NTC AD

१२ फागुन, पोखरा ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानीअनुरुप गुणस्तर आवश्यक भएको बताएका छन् । पोखरा महानगरपालिका–३३ तल्लो पूर्णीस्थित भुलभुला आधारभूत विद्यालयको ५६ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवसको आज उद्घाटनमा उनले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक प्रयासबाट शैक्षिक स्तर माथि उठाउनुपर्ने बताएका थिए ।

शैक्षिक क्षेत्रको विकासका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट एवं दक्ष शिक्षकका लागि सङ्घीय र प्रदेश सरकारको सहयोग रहने बताए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्ररुपमा भइरहेको बताउँदै मन्त्री अधिकारीले आगामी दुई वर्षको अवधिमा पोखराबाट सिधै विदेशमा उडान हुने विश्वास व्यक्त गरेका थिए ।

विमानस्थलको धावनमार्ग, ट्याक्सी पार्किङ निर्माणको अन्तिम चरण पुगेको पुग्नुका साथै हालसम्म २८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिँदै उनले विमानस्थल सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले खानेपानी र बाटो निर्माणसँगै व्यावसायिक कृषि एवं पशुपालनमा जोड दिँदै मुलुकको समृद्धि अभियानमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शङ्कर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी यज्ञप्रसाद आचार्य र गोपाल पुन, सरस्वती टीका मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य दिलबहादुर श्रेष्ठलगायतले सामुदायिक विद्यालयको महत्वमाथि प्रकाश पारेका थिए ।

विद्यालयका अक्षयकोष दाता, शिक्षक पूर्णबहादुर थापालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको उक्त कार्यक्रममा कक्षागत र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो ।

वि.सं.२०७५ फागुन १२ आइतवार ०९:११ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...