back
CTIZAN AD

महिला विश्वकप छनोट

वि.सं.२०७५ फागुन १२ आइतवार

582 

shares

१२ फागुन, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी महिला विश्वकप क्रिकेटको एशिया छनोट प्रतियागिताअन्तर्गत आज नेपालले हङकङ विरुद्वको खेलमा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ।

बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गर्दैछ । त्यस्तै हङकङविरुद्ध नेपाल जीत निकाल्ने र अङ्क तालिकामा तेस्रो स्थानमा उक्लने उद्देश्यका साथ मैदानमा उत्रेको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा पराजय भोगेको छ । चार अङ्क जोडेको नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ ।

प्रतियोगतामा नेपालले मलेशियालाई ३४ रनले हराएको थियो भने संयुक्त अरब इमिरेटस ९युएई० लाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपाल थाइल्याण्डसँग भने ५७ रनले पराजित भएको थियो ।

समान तीन खेल खेलको हङ्कङ तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ । हङ्कङ अङ्क तालिकाको छ्रैटौँ स्थानमा छ । राउण्ड रोबिनका आधारमा हुने उक्त छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट–२०१९ प्रतियोगिता खेल्नेछन् । एशिया छनोटमा नेपालसहित सात राष्ट्र प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।

वि.सं.२०७५ फागुन १२ आइतवार १३:१४ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...