back
CTIZAN AD

हरेक चार दिनमा एक पत्रकारको हत्या: युनेस्को

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

846 

shares

१८  कात्तिक, पेरिस (फ्रान्स)। संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बुधबार सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला बर्षहरुमा विश्वमा हरेक साढेचार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ ।

पछिल्लो एक दशकमा विश्वभर ८२७ जना पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ ।

यसरी पत्रकारमाथि आक्रमण हुने गरेका घटनाहरु सिरिया, इराक, लिबियालगायतका अरब राज्यहरुमा बढी भएको तथ्याङ्कमा छ ।

अरबपछि पत्रकार बढी असुरक्षित मानिएका मुलुकहरुमा दक्षिण अमेरिका क्षेत्रका मुलुकहरु रहेको बुधबार युनेस्कोद्वारा सार्वजनिक ‘सेफ्टी अफ जर्नालिस्ट एन्ड डेन्जर अफ इम्प्युनिटी’ नामक युनेस्कोको प्रतिवेदनमा जनाइएको हो ।

सन् २००६ देखि सन् २०१५ सम्मका प्रतिवेदनले जनाएअनुसार गत दुई वर्षमा ५९ प्रतिशत घटना द्वन्द्वग्रस्त क्षेत्रमा भएका थिए ।

यो समयमा मारिएका २१३ जना पत्रकारमध्ये ७८ जना पत्रकार (३६.५ प्रतिशत) अरब मुलुकहरुमा मारिएका थिए ।

सम्भवतः पत्रकारमाथिको हिंसा पछिल्लो समय पश्चिमी युरोप तथा उत्तरी अमेरिकामा पनि बढेको देखिएका युनेस्कोले जनाएको छ ।

हरेक देशमा विदेशी पत्रकारको तुलनामा हत्या गरिने पत्रकारहरुमा स्वदेशी पत्रकारनै बढीरहने गरेको युनेस्कोको अध्ययनले देखाएको छ ।

सन् २०१५ मा अनलाइन पत्रकारिता गर्ने पत्रकारहरुमाथिको हिंसामा व्यापक वृद्धि भएको छ । सन् २०१४ को तुलनामा सन् २०१४ मा २१ जना बढी पत्रकार मारिएका छन् । यसरी मारिनेमा आधा सिरियाली अनलाइन पत्रिकासँग आवद्ध भएका पाइएको छ ।

महिला पत्रकारको तुलनामा मारिने पुरुष पत्रकार १० गुणा बढी भएको अर्थात् सन् २०१४÷१५ मा जम्मा १८ महिला पत्रकार मारिएका छन् भने १९५ पुरुष पत्रकारले हिंसाका कारण ज्यान गुमाएका छन् । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०४:१९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...