Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

दुई अमेरिकी प्रहरी अधिकारीको गोली हानी हत्या



१८  कात्तिक,इओवा (अमेरिका)। अमेरिकाको डेस मोइनिस क्षेत्रमा कार्यरत दुई प्रहरी अधिकारीमाथि बुधबार भएको आक्रमणबाट उनीहरुको मृत्यु भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

करिब चार किलोमिटरको फरक स्थानमा भएका आक्रमण उस्तै (एम्बुस–प्रकृतिका ) आक्रमण भएको सुरक्षाकर्मीको दाबी छ ।

स्थानीय समयअनुसार बुधबार १ बजेर ६ मिनेटको समयमा पहिलो आक्रमण भएको थियो भने यसको ठिक २० मिनेटपछि दोस्रो आक्रमण भएको थियो ।

अमेरिकी सुरक्षाकर्मीले प्रहरीमाथि गोली चलाउने हत्यारा डेस मोइनिस क्षेत्रमा रहेको र उसले अर्को कसैलाई आक्रमण गर्नुपूर्व नै नियन्त्रणमा लिइने जनाएका छन् ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै गर्दा छिटफुट यस्ता घटना भइरहेका भए पनि निर्वाचन पूर्ण तथा शान्तिपूर्ण रहने सुरक्षाकर्मीले जनाएका छन् । रासस÷एपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा