back
CTIZAN AD

साना किसानका लागि राष्ट्रिय सम्मेलन हुँदै

वि.सं.२०७५ फागुन १३ सोमवार

600 

shares

१३ फागुन, काठमाडौँ। कृषिमा लगानी आकर्षित गर्ने उद्देश्यले दोस्रो पटक फागुन १६ र १७ मा साना किसानका लागि राष्ट्रिय सम्मेलन, २०७५ गरिने भएको छ । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा काठमाडौँमा हुने सो सम्मेलनमा देशभरका झण्डै एक हजारभन्दा बढी साना कृषि समूहका प्रतिनिधि सहभागी हुने भएका छन् ।

चार वर्ष पहिले १९ बुँदे घोषणपत्र जारी गर्दै पहिलो सम्मेलन सम्पन्न भएको थियो भने यस वर्ष ‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ शुरु हुने भएको छ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका उपाध्यक्ष खेमबहादुर पाठकले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता गरी एक हजार २०० व्यक्तिको सहभागिता हुने जानकारी दिए ।

गरीबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता काममा सम्मेलनबाट सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । सम्मेलनमा प्रस्तुत हुने २८ कार्यपत्र छलफल गरी निचोड निकालिने भएको छ ।

वि.सं.२०७५ फागुन १३ सोमवार १८:२७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...