back
CTIZAN AD

दुर्घटनामा परेर देश फर्किएका पासवानलाई साउदीबाट आर्थिक सहयोग

वि.सं.२०७५ फागुन १४ मंगलवार

594 

shares

साउदि अरब । साउदीमा कार्यरत रहँदा सडक दुर्घटनामा परि घाईते भइ उपचार पश्चात नेपाल फर्किएका धर्मनाथ पासवानलाई गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् साउदी अरबको अग्रसरतामा आर्थिक सहयोग गरिएको छ ।
सडक दुर्घटनामा परी घाइते भएका पासवानलाई एनआरएनए साउदीको अग्रसरता र नेपाली राजदूताबास साउदीका पूर्वक्षेत्र दम्मामका स्थानीय कर्मचारी हरी घिमीरेको विशेष सहयोगमा गत १४ अक्टोबर २०१८ का दिन सफलतापूर्वक नेपाल फिर्ता पठाएका थियो ।

विभिन्न कारणले पासवानको नेपाल फिर्ती जटिल बन्दै गएको अवस्थामा उनलाई नेपाल फिर्ती र उनको उद्धारका लागि आवश्यक सहयोग जुटाउन गैरआवसीय नेपाली संघ साउदि अरबका पदाधिकारी, एनआरएनए कर्मिहरुहरु लगायत अन्तर्राष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीका मध्यपुर्व सह(संयोजक जोन अर्यालले अहम भुमिका खेलेका थिए भने छैठौं मध्यपूर्व भेलाका दौरान पासवानलाई सहयोग जुटाउने पहल गरिएको थियोे ।

त्यस अभियान अन्तर्गत पासवान स्वदेश फर्केपछि उनको नाममा संकलन गरिएको चार लाख रुपैयाँ निजको स्वास्थ्य उपचारका लागि पत्नी ललिता देवी पासवानलाई २५ फेब्रअरी २०१९ का दिन हस्तान्तरण गरिएको छ ।

उक्त रकम गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा वैदेशिक रोजगार राहत कोषका संयोजक सोम सापकोटाले हस्तान्तरण गरेका थिए ।

साउदीमा सडक दुर्घटनामा परि शारिरिक अश्वस्थताका कारण हाल पनि निकै कष्टकर जिवन बिताइरहेका धर्मनाथ पासवानलाई उक्त रकमले केही राहत मिल्ने संघको अपेक्षा रहेको छ ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०९:३६ मा प्रकाशित

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...