back

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

वि.सं.२०७५ फागुन १४ मंगलवार

348 

shares
GLOBAL IME AD
NTC AD


१४ फागुन, काठमाडौँ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।

गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हजार अमेरिकी डलरमा सो क्लबमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा पाँच खेलमा सात विकेट लिन सफल भएका थिए ।

सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् । सन्दीपले अहिलेसम्म नौ विदेशी लिग खेलिसकेका छन् । सन्दीप आबद्ध भएका विदेशी लिगमा आइपिएल (भारत) ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्टइन्डिज), एपिएल (अफगानिस्तान), टी–१० (युएई), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश), हङकङ टी–२० ब्लिज, पिएसएल (पाकिस्तान) छन् ।

गत वर्षबाट इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा ‘डेब्यू’ गरेको सन्दीपले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिगबास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन्, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई ‘पभेलियन’ पनि फर्काएका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १२:०४ मा प्रकाशित

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप प्रतियोगिता...

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...