back
CTIZAN AD

प्रेमपार्क

वि.सं.२०७५ फागुन १६ बिहीवार

855 

shares


घृणा गर्नलाई यहाँ
असंख्य शास्त्रहरू छन्
दमन गर्न शोषण गर्न-
राज्य छ
पुलिस छ
कानून छ
जेल र अदालत छन्
साहु र सामन्तहरू छन्
तर
प्रेम गर्नको लागि
एक इन्च जमीन पनि छैन
एउटा प्रेम पार्क पनि छैन !

छुरा चलाउँन र सामान लुट्न
अँध्यारा गल्लीहरू छन्
हात खुट्टा वाँध्न र अस्मिता लुट्न
असंख्य होटल रेस्टुराँहरू छन्
पल पलमा मान्छे लुट्न
सिङ्गै बजार छ
तर प्रेमजस्तो प्रेम गर्न अनुकूल
न हावा छ
न पानी छ
न समाज छ
छैन केही पनि छैन
एउटा प्रेमपार्क सम्म छैन !

यो अस्लिल वातावरणमा
प्रेम गर्न सजिलो छैन
यो अराजक मनोविज्ञानमा
प्रेम हेर्न रुचीकर छैन
यहाँ प्रेमीहरू छैनन्
इतिहासबाट अनुभवसिध्द
असंख्य शिकारीहरू छन
र अभिसप्त शिकारहरू छन्
न प्रेम छ
न प्रेमी छन
न प्रेम पार्क छ !

यहाँको हावा
यहाँको पानी
यहाँको खाना
र यहाँको पर्यावरणले
बाबुलाई छोरीको बलत्कारी बनाउँछ
दाजुलाई बहिनीको
शिक्षकलाई विद्यार्थीको
हाकिमलाई कर्मचारीको
र पुलिसलाई आम महिलाको
यहाँ प्रेमी जन्मन मुस्किल छ !
बलत्कारको लागि सिङ्गै सहर छ
तर
प्रेमको लागि एउटा प्रेम पार्क छैन !

धर्मको लागि यहाँ
छन असंख्य मन्दिर छन्
गुम्वा छन् चैत्य छन
मस्जिद छन चर्च र गुरुद्वार छन्
जुन कुराको अभावले
मान्छे क्रमश पसु बन्दै छ
मान्छेलाई पसुबाट मान्छेमा बदल्ने
एउटै मनोचिकित्सा केन्द्र छैन
यत्रो सहर छ सव कुरा छ
एउटा प्रेम पार्क छैन

प्रेमका पूजारीहरू
सवैभन्दा बढी यातनामा छन्
उकुसमुकुसमा छन्
विचरा भएका छन्
र सवैभन्दा बढी हौसिएका छन्
यो देशका बलत्कारीहरू !

मेरो विनम्र प्रस्ताव छ-
हरेक बस्तीका नजिकमा
निर्माण गरियुन प्रेमपार्कहरू
जहाँ निर्वन्ध प्रेममा डुवुन
हाम्रो समयका
मुनामदनहरू !

२०७५्र/०४्र/१९
ढल्को

वि.सं.२०७५ फागुन १६ बिहीवार १८:५४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...