back

भगवतीले हरायो सातदोबोलाई

वि.सं.२०७५ फागुन १७ शुक्रवार

378 

shares
GLOBAL IME AD
NTC AD

१७ फागुन,काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको पहिलो खेलमा श्री भगवती क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको दोस्रो चरणको पहिलो खेलमा भगवती क्लबले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । भगवतीको जीतमा मोहनबहादुर थापा मगरले ह्याट्रिक गरे । उनले खेलको ३, २१ र ३६औँ मिनेटमा गोल गरे । त्यस्तै भगवतीका लागि अर्को गोल भने आशबहादुर गुरुङले गरे । उनले खेलको ८६औँ मिनेटमा गोल गरे ।

यता सातदोबाटोका दोर्जे तामाङ, पृथ्वी चौधरी र भुवन बस्नेतले एक–एक गोल गरे । दोर्जेले खेलको ६१, पृथ्वीले ७१ र भुवनले खेलको ८९औँ मिनेटमा गोल गरे । जीतसँगै श्री भगवतीले ३ अङ्क जोडेको छ । चार टोली रहेको दोस्रो चरणको खेलपछि शीर्ष टोलीले उपाधि हात पार्नेछ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १८:३७ मा प्रकाशित

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप प्रतियोगिता...

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...