back
CTIZAN AD

भगवतीले हरायो सातदोबोलाई

वि.सं.२०७५ फागुन १७ शुक्रवार

696 

shares

१७ फागुन,काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको पहिलो खेलमा श्री भगवती क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको दोस्रो चरणको पहिलो खेलमा भगवती क्लबले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । भगवतीको जीतमा मोहनबहादुर थापा मगरले ह्याट्रिक गरे । उनले खेलको ३, २१ र ३६औँ मिनेटमा गोल गरे । त्यस्तै भगवतीका लागि अर्को गोल भने आशबहादुर गुरुङले गरे । उनले खेलको ८६औँ मिनेटमा गोल गरे ।

यता सातदोबाटोका दोर्जे तामाङ, पृथ्वी चौधरी र भुवन बस्नेतले एक–एक गोल गरे । दोर्जेले खेलको ६१, पृथ्वीले ७१ र भुवनले खेलको ८९औँ मिनेटमा गोल गरे । जीतसँगै श्री भगवतीले ३ अङ्क जोडेको छ । चार टोली रहेको दोस्रो चरणको खेलपछि शीर्ष टोलीले उपाधि हात पार्नेछ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १८:३७ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...