back
CTIZAN AD

अस्पतालमा मृत्यु भएका विकको शब आर्थिक अभावले उठेन

वि.सं.२०७५ फागुन १८ शनिवार

663 

shares

१८ फागुन, बलेवा । धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन ।

धेरै टाढाबाट उपचारको क्रममा अञ्चल अस्पतालमा श्रीमतीसहित आएका विकको मृत्यु पछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि लैजान समस्या भएको परिवारले जनाएको छ ।

छरछिमेकीसँग ऋण गरी उपचारका लागि १४ फागुनमा उक्त अस्पताल आएका विक परिवारसँग भएको पैसा पनि उपचारको क्रममा सकिएकाले अहिले शव उठाएर घाटसम्म लैजान समस्या भएको मृतकका दाजु बलबहादुर विकले बताए ।

‘‘कसैले सहयोग गरे त भाइको शव आफ्नै घाटमा लैजाने मन थियो’’ मृतका दाजु बलहादुर विकले भने, “नजिकै कालीगण्डकीमा लैजाने तथा दाउरा, चिनी र कोरा कपडा किन्न समेत पैसा छैन ।” भाइको मृत्यु खबर पाएलगत्तै गाडीभाडासमेत ऋण खोजेर बागलुङ बजार आएका विकले सबैसँग सहयोगका लागि अपिल गरेका छन्। “ भाइको मृत शरीरले समेत सुःख पाएन ” विकले थपे “घाटमा पु¥याउन र काजकिरिया सक्न पनि ठूलो सकस भयो ।”

परम्परा अनुसार १३ दिन काजकिरिया गर्ने संस्कार रहे पनि आर्थिक अभावका कारण तीन दिनमै छोट्याउने तयारी गरिएको दाजु बलबहादुरले बताए ।

छिमेकीको शव उठाउन समस्या भएपछि स्थानीयवासीले सहयोग सङ्कलन गरी तत्कालको समस्या समाधान गर्ने तयारी गरेका छन् । स्थानीय पत्रकार सज्जनकुमार सिंहले भने, “पीडित परिवारसँग पैसा नभएकाले स्थानीय सङ्घसंस्था र व्यक्तिसँग सहयोगका लागि अपिल गरेर शवलाई कालीगण्डकीसम्म लैजाने कोसिस भइरहेको छ ।

वि.सं.२०७५ फागुन १८ शनिवार १३:३२ मा प्रकाशित

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि राष्ट्रिय विपद् जोखिम...

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट...