back
CTIZAN AD

सिप्यान अवार्डका लागिमा मनोनयनमा परे यी खेलाडीहरु

वि.सं.२०७५ फागुन १९ आइतवार

735 

shares

१९ फागुन, काठमाडौँ  । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् ।

पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । यस अवार्डको विजेता खेलाडीले अवार्डसँगै रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् ।

क्रिकेटकै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, सरिता मगर, इन्दु बर्मा, करुणा भण्डारी र सिता राना मगर मनोनयनमा परेकी छिन् । त्यसैगरी उदयमान क्रिकेट खेलाडीमा कविता कुँवर, अविनाश बोहरा, ललित नारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा परेका छन् ।

सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवाडर्, वर्ष महिला खेलाडी, वर्षको १० उत्कृष्ट क्षण र उदयमान खेलाडीको विजेता खेलाडीले रु ६६ हजार प्राप्त गर्नेछ । सिप्यानले पाँच विधाको अवार्ड यही फागुन २१ गते प्रदान गर्ने जनाएको छ ।

वि.सं.२०७५ फागुन १९ आइतवार १९:१३ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...