back
CTIZAN AD

छोरी शिक्षा बीमा प्रदेशभर लागू गरिने

वि.सं.२०७५ फागुन १९ आइतवार

753 

shares


१९ फागुन, धनुषा । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेशका ८ वटा पालिकाबाट शुरु भएको छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश भरी लागू भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन आयोजना गरी माघ १ गते देखि नै लागू हुने गरी प्रदेशभर लागू गरिएको घोषणा गरे । प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकालाई रु एक लाख २५ हजारको बीमा गर्ने छन् । बीमाको लागि प्रदेश सरकारले प्रभु बैंकसँग सम्झौतासमेत गरी सकेको छ ।

प्रदेश सरकारले नवजात बालिकाको नाममा एक मुष्ट रकम जम्मा गरेपछि २० वर्षपछि बैंकले बालिकालाई एक लाख २५ हजार रकम एकमुष्ट उपलब्ध गराउने छ । तर शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा बीचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ ।

बीमाको लागि नवजात छोरीको फोटो, आमा वा बुबाको नागरिकता, जन्म दर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक रहेको छ । छोरी बीमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयंसेवकसमेत परिचालन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले रु ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ ।

वि.सं.२०७५ फागुन १९ आइतवार १९:३१ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...