back

छोरी शिक्षा बीमा प्रदेशभर लागू गरिने

वि.सं.२०७५ फागुन १९ आइतवार

426 

shares
GLOBAL IME AD
NTC AD


१९ फागुन, धनुषा । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेशका ८ वटा पालिकाबाट शुरु भएको छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश भरी लागू भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन आयोजना गरी माघ १ गते देखि नै लागू हुने गरी प्रदेशभर लागू गरिएको घोषणा गरे । प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकालाई रु एक लाख २५ हजारको बीमा गर्ने छन् । बीमाको लागि प्रदेश सरकारले प्रभु बैंकसँग सम्झौतासमेत गरी सकेको छ ।

प्रदेश सरकारले नवजात बालिकाको नाममा एक मुष्ट रकम जम्मा गरेपछि २० वर्षपछि बैंकले बालिकालाई एक लाख २५ हजार रकम एकमुष्ट उपलब्ध गराउने छ । तर शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा बीचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ ।

बीमाको लागि नवजात छोरीको फोटो, आमा वा बुबाको नागरिकता, जन्म दर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक रहेको छ । छोरी बीमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयंसेवकसमेत परिचालन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले रु ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ ।

वि.सं.२०७५ फागुन १९ आइतवार १९:३१ मा प्रकाशित

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...