
पार्टी भित्र आन्तरिक जनवादलाई उन्नत स्तरमा विकास गर्नु र पार्टीले गरेका फैसला निशर्तलागू गर्न, जनवादी केन्द्रीयताको उच्चत्तम अभ्यास गर्न र यस्तै पार्टी भित्र अनुशासन र स्वतन्त्रतालाई पनि सँगसँगै विकास गर्न सकियो भने मात्र पार्टीको लोकतान्त्रीक छवी बढेर जान्छ, यस ढंगको कार्यशैलीको विकास गर्नु नेकपाका सामू चुनौती रहेको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको ९ महिना व्यतित भएको छ । दुईपार्टीको एकिकरणबाट केन्द्रीय तहमा कमिटी निर्माण भए पनि तत्काल प्रदेश, जिल्ला, स्थानीय तह र जनसंगठनहरु बीच एकताको विधि वन्न नसक्दा तल्लो तहमा एकिकरण हुन सकेन । यसले गर्दा ८÷९ लाख कार्यकर्ता साँगठनीक कामको हिसाबले ‘बेरोजगार’ झै बन्नु पुगेका छन । ढिलै भए पनि स्थायी कमिटीको बैठक बसेर पार्टी र जनसंगठनको एकिकरणको कार्यलाई व्यवस्थित गर्न कार्यदल गठन भएको भए पनि कार्यदलले काम गर्न सकेको छैन। यसले गर्दा सर्बत्र अन्यौलता बढेर गएको छ ।
यसरी तल्लो कमिटिहरुको एकिकरणको घोषणामा भएको ढिलाईले राष्ट्रिय तथा अन्तर्राष्ट्रय स्तरमा नेकपाको जुन उचाई बढेको छ,यसले सर्बत्र अन्यौलता र निरासा बढेकाले एककिरणको साखमा क्षयीकरण हुने देखिन्छ । अतः यस बारेमा शीर्ष नेतृत्व अब गम्भीर बन्ने बेला आएको छ । पार्टी एकिकरण सँगै पार्टीको राजनीतक कार्यनीतिक कार्यदिशा के हो ? भनेर राजनीतिक डकुमेन्ट अहिलेसम्म सार्वजनिक हुन नसक्दा पार्टी पंक्तीमा वैचारिक अन्यौलता बढेको छ । अर्काेतिर पार्टीको नेतृत्वमा ३ वटै तहमा सरकार गठन भएको १ वर्ष व्यतित भयो, तर एकिकरणको ढिलाईले पार्टी र सरकार वीचको सम्बन्ध जोडिन सकेको छैन । सरकारले गरेका राम्रा कामको अपनत्व लिएर जनस्तरसम्म सम्प्रेषण हुन सकेकाृे छैन । यसले गर्दा सरकारले राम्रा काम गरेको तुलनामा आलोचना टिप्पणी बढ्न थालेको छ । अर्काेतिर पार्टीबाट सरकार सञ्चालनका लागि संयन्त्र निर्माण नहुँदा खास गरी स्थानिय तहमा आर्थिक अनुशासनहिनता बढेर गएको छ । जथाभावि योजना तर्जुमा र वजेट विनियोजन, विकासको वजेटबाट तलब भत्ता र महङ्गो सवारी साधन खरीद र भ्रमणमा रकम खर्च गरिएको घटनाले पार्टीको इमेजमा प्रश्न उठ्न थालेकोमा सर्वत्र चिन्ता बढ्न थालेको छ । यसरी एकिकरणमा भएको ढिलाईलाई शीघ्रातीशीघ्र अन्त्य गरेर एकिकरणको कार्यलाई सम्पन्न गरिहाल्नु पर्दछ ।
पार्टी एकिकरणको घोषणाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेकपाको जुन उचाई बढेको छ, यस उचाईलाई कायम गर्दै नेपाली क्रान्तीका बाँकी कार्यभारहरु–आर्थिक सामाजीक क्रान्ती गरेर मुलुकमा समाजवाद स्थापना गर्नका लागी नेकपाले नेतृत्वकारी भूमिका निर्वाह गर्नसक्नु पर्दछ। यसैमा नेपालको कम्युनिष्ट आन्दोलन, नेपाली क्रान्ती र समृद्धिको यात्राको सफलता हुनेछ । यसका लागि नेकपाले अगाडी सार्ने ठीक कार्यनीतिक कार्यदिशा र तदनुरुपको पार्टी संचालन, कार्यशैली र जविनशैली नै यतिखेरको मुख्य चुनौती देखिएको छ ।
पार्टी भित्र गुटबन्दी बढ्दै जाँदा गुटकै आधारमा नेतृत्वको छनौट हुने, गुटकै आधारमा असक्षम व्यक्तिहरु मध्येबाटै सरकार संचालनमा मन्त्री र राजकीय नियुक्ती पाउने स्थिति हुन्छ । अनि यसरी उत्कृष्ठ कार्यसम्पादन गर्न नसक्ने व्यक्तिहरुबाट सरकार संचालन भएमा सरकारबाट उत्कृष्ठ कार्यसम्पादन हुनै सक्तैन । यतिखेर नेपाल कम्युनिष्ट पार्टीका सामु कार्यसंचालन पद्दतीमा नयाँ मोडेलको विकास गर्नु, सक्षम र योग्य व्यक्तिलाई सरकार र राजकिय क्षेत्रको संचालनको जिम्मेवारी प्रदान गर्न ध्यान दिनु पर्दछ ।
एकिकरणबाट ठूलो कम्युनिष्ट पार्टी बनाउनु मात्रै प्रमुख विषय होइन, अब कस्तो कम्युनिष्ट पार्टी बनाउने ? भने बहस र छलफल हुन जरुरी छ । विचारधारात्मक रुपमा माक्र्सवाद र लेनीनवादको सिद्धान्तबाट खारिएका नेता कार्यकर्ताबाट मात्र साँचो अर्थमा क्रान्तीकारी पार्टी निर्माण हुन्छ । तर कम्युनिष्ट पार्टी संसदीय राजनीतिमा पदार्पण गरेपछि विचारधारात्मक काम अत्यन्तै कमजोर बनेको छ । मानिसहरुले पार्टीलाई चुनावमा भोट हालेका भरमा पार्टीमा संगठीत गरि हाल्ने, अनी तिनै संगठीत व्यक्तिहरुबाट नै कमिटी बन्ने र नेतृत्वमा पुगी हाल्ने खालको अहिले जुन पद्दती छ, यसले पार्टीलाई माक्र्सवादीकरण र क्रान्तीकारीकरण गर्न मद्दत पु¥याउदैन । हरेक कार्यकर्तालाई माक्र्सवादी विचारबाट लैस गराउन सक्नुमा नै नेकपाको भविष्य रहेको छ । समाजवादमा जाने भनेको विचारधारात्मक रुपमा समाजलाई माक्र्सवादीकरण गर्नु पर्दछ । यसका लागि सर्बप्रथम पार्टी कार्यकर्तालाई नै माक्र्सवादी गर्नु पर्दछ । पार्टी कार्यकर्ता नै माक्र्सवादी विचारले लैस छैनन भने, यस्तो कार्य संभव हुन्न, अतः अब नेकपाको एकिकरणको कार्यसँगै सिंगो पार्टी पक्तीको विचारधारात्मक स्तर उठाउने गरि नियमित वैचारिक अभियान संचालन गर्नु नेकपा सामुको तत्कालको कार्यभार हुनु पर्दछ ।
यतिखेर नेकपाले राज्य सत्ताको संचालनको नेतृत्व गरिरहेको छ । सरकारले जनताको मन छुने कल्याणकारी कार्य र जनताको जीविकाको विषय र आधारभूत आवश्यकताका सेवाहरु जनतालाई सर्व सुलभ ढंगले प्रदान गर्न ध्यान दिन दिनु पर्दछ। यसो हुदा मात्र दशकौ सम्म नेपाल कम्युनिष्ट पार्टीले जनताको अभिमतबाट राज्य सत्ताको नेतृत्व गर्ने आधार निर्माण हुन्छ।
मुलुकमा लोकतन्त्रलाई सुदृढीकरण गर्न राज्य सत्ताको संचालन लोकतान्त्री करणका साथै समाजको पनि लोकतान्त्रीकरण गर्ने कार्य पनि पार्टीका सामू अभिभारा रहेको छ । यतिखेर नेकपा मुलुकको कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा नेतृत्वकारी पार्टी हुनुको हिसाबले मुलुकको कम्युनिष्ट आन्दोलनका साथै समाज र राज्य सत्ता कै लोकतान्त्रीकरण गर्ने अभिभारा रहेको पार्टीको आन्तरिक लोकतन्त्र कति उचाँईमा छ, यसैमा नै कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण, राज्यको लोकतान्त्रीकरण र समाजको लोकतान्त्रीकरण संभव हुन्छ । पार्टी भित्र आन्तरीक जनवादको जति विकास हुन्छ, त्यति नै त्यस्को राज्य सत्ता र समाजमा प्रभाव पर्दछ । पार्टी भित्र नियमित छलफल, बहस सँगै उन्नत र नयाँ विचार र योजना आउने गरि जनवादी अभ्यास हुन जरुरी हुन्छ । यसका लागि सबै तहमा पार्टीका नियमित बैंठकको आयोजना गरी नीति र विधिका बारेमा, विकास र समृद्धिका बारेमा, पार्टीलाई सुव्यवस्थित ढंगले संचालन गर्ने बारेमा छलफल जरुरी हुन्छ, कमिटीका हरेक सदस्यलाई विचार व्यक्त गर्ने अवसर दिएर त्यसको शंलेषण गरेर कार्यदिशा, कार्ययोजना बनाउन सक्दा, पार्टी भित्र लोकतन्त्र फस्टाएर जान्छ र सदस्यहरुले सहभागीतामूलक योजना बनेको अनुभूती गर्नेछन् । अत पार्टी भित्र आन्तरिक जनवादलाई उन्नत स्तरमा विकास गर्नु र पार्टीले गरेका फैसला निशर्तलागू गर्न, जनवादी केन्द्रीयताको उच्चत्तम अभ्यास गर्न र यस्तै पार्टी भित्र अनुशासन र स्वतन्त्रतालाई पनि सँगसँगै विकास गर्न सकियो भने मात्र पार्टीको लोकतान्त्रीक छवी बढेर जान्छ, यस ढंगको कार्यशैलीको विकास गर्नु नेकपाका सामू चुनौती रहेको छ ।
पार्टी भित्र सक्षम व्यक्तिहरु मध्येबाट नेतृत्व छनौट गर्ने विधि र पद्दतीले शासन सत्तामा पनि सक्षम र योग्य व्यक्ति नियुक्ती गर्ने आधार निर्माण हुने छ, र यसैको जगमा सरकारले पनि उत्कृष्ठ ढंगले कार्य सम्पादन गरि लोकप्रियता हासिल गर्दछ । कार्यसम्पादनमा आधारित नेतृत्व छनौटको प्रणालीले पार्टी भित्र गुटबन्दीलाई क्रमशः समाप्त पारि सिंगो पार्टीमा भावनात्मक, विचारधारत्मक र संगठनात्मक एकताको बलियो आधार निर्माण गर्दछ ।
कम्युनिष्ट पार्टीले राज्यसत्ताको नेतृत्व गर्न थालेपछि पार्टी र सरकारका बीचको सम्बन्धका बारेमा सुस्पष्ट नीति बनाउनु र तदनुरुप सरकार संचालन गर्नु अहिलेको आवश्यकता बनेको छ । सरकारले अवलम्बन गर्ने नीति, कार्यक्रम, बजेट पार्टीका नीति विचार अनुरुप निर्माण गर्ने र राजकीय क्षेत्रमा गरिने यावत नियुक्तीहरुका बारेमा पार्टी भित्र छलफल गरेर सक्षम योग्य व्यक्तिहरुलाई ‘व्यक्ति’बाट होइन पार्टीको संस्थागत निर्णयबाट नियुक्ती गर्ने परिपार्टीको विकास गर्नु चुनौती पूर्ण छ । आफ्ना नजिकका मानिसलाई सोझै नियुक्ती गरि दिएर पार्टीबाट नियुक्ती भएको भन्ने भनाईले पार्टीको जिम्मेवारी लिने स्थिति हुदैन । सरकारबाट भएका कार्यको पार्टी भित्र, आवश्यकता अनुसार ‘डेस्क’ बनाएर सरकारका कार्यको नियमित रिर्पोटिङ्ग लिने र कहि कतै कमी कमजोरी भए तत्काल सुधार गरि हाल्ने परिपाटीको विकास गर्न जरुरी हुन्छ । सरकारका नीति, कार्यक्रमलाई सिंगो पार्टी पंक्तीले सहयोग पु¥याउने, आवश्यकता अनुसार सरकारले संचालन गर्ने विकास निर्माणका अभियानमा सिंगो पार्टी पंक्तीलाई परिचालन गर्ने कार्यबाट मात्र सरकारले संचालन गरेका कामको पार्टी पंक्तिले अपनत्व लिने र सरकारका कामको प्रभावकारीता बढेर जान्छ, तसर्थ यतिखेर तिनवटै तहका सरकार र पार्टीका विचको सम्बन्धलाई व्यवस्थित गर्न जरुरी छ ।
मुलुकको अर्थराजनीति भित्र विकास भई रहेको दलाल पूँजीवादले मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा बाधा उत्पन गरेको छ । दलालपूँजीवादले राजनीतिलाई समेत प्रभाव पारिरहेको छ । बिगतमा पार्टीमा पैसावालाहरुले निर्वाचनमा टिकट प्राप्त गर्ने, राजकीय नियुक्तमा पैसाको चलखेल हुने जुन खालका प्रवृत्तिहरु बढी रहेका छन् । यसका विरुद्ध पार्टी भित्र पनि दृढता पूर्वक वैचारिक संघर्ष गर्दै दलाल पूँजीको अन्त्य गर्दै राष्ट्रिय पूँजीको निर्माणमा पार्टीको सहि नीति र दृष्टिकोण तय गरि लागु गर्न जरुरी छ ।
पार्टीले सरकारलाई हरहमेशा लोकप्रिय बनाउन निर्देशीत गर्नै पर्दछ । स्वच्छ, निश्पक्ष पारदर्शी एवं मितव्ययीताका साथ सरकार संचालन गर्न पार्टीको ध्यान जान जरुरी छ । वर्तमान सरकार क्रान्ती पश्चात जनताबाट निर्वाचित सरकार भएको हुदा तीन वटै तहका सरकार संचालनमा अनावश्यक खर्च गर्ने र जनप्रतिनिधिहरुले जथाभाबी सुविधा लिने कार्यलाई सरकारले हतोत्साही गर्नुपर्दछ । मन्त्री देखी नै अत्यावश्यक सुविधा बाहेक अन्य सुविधा कटौतीको सार्वजनिक घोषणा गर्न सकियो भने जनतामा सरकारको मितव्यीताको अभियान प्रति आशा पलाउदछ । यस्तै राज्य सत्तामा गएपछि, हिजोको झै राजा महाराजाहरुले विकास गरेको सामन्तवादी संस्कार र संस्कृतिलाई भत्काएर एउटा असल कम्युनिष्ट आचरण, संस्कार र संस्कृति अनुकुलको जनवादी संस्कृति विकास गर्नु र यसलाई अवलम्बन गर्न जरुरी छ । मन्त्रीहरु जे जस्तो उद्घाटन कार्यक्रममा पनि सरिक हुने र मन्त्रीको स्वागतार्थ, अनावश्यक तडक भडक स्वागतद्धार निर्माण गर्ने र सर्वसाधारण जनता र विद्यार्थीहरुलाई घन्टौ सम्म फूलमाला लिएर लाईन लगाएर राख्ने, स्वागत भोजभतेरका कार्यमा पार्टी र सरकारको अनावश्यक खर्च गर्ने, राजकीय व्यक्तिहरु कहि कतै जानु परेमा ट्राफिक जाम गरेर जनजीवन नै अस्तव्यस्त बनाउने, चाडपर्वमा अनावश्यक पार्टी पंक्ती र सर्वसाधारणलाई राजकीय व्यक्तीहरुकहाँ भेटघाट गर्ने, आर्शिवाद दिने, लिने जस्ता भद्दा परम्परालाई भत्काउन जरुरी छ । पार्टीका नेताका घर घरमा र सरकारी क्वाटरमा कार्यकर्ताले भेटघाट गर्नु पर्ने, डेलिगेसन जाने, आउने परम्पराले व्यक्तिवादी राजनीतिलाई प्रश्रय दिई रहेको छ । सर्वसाधारण जनता र पार्टी कार्यकर्ताका गुनासा, पीर मर्का सुनुवाई गर्न पार्टी कार्यालयमा नै नेतृत्वको नियमित उपस्थित हुने औपचारिक व्यवस्था गर्नु पर्दछ र अहिले पार्टी सरकारमा गए पछि प्राय ः पार्टी कार्यालयहरु जुन ढंगले सुनसान भई रहेका छन् त्यसलाई अन्त्य गर्न जरुरी हुन्छ ।
मुलुकको अर्थराजनीति भित्र विकास भई रहेको दलाल पूँजीवादले मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा बाधा उत्पन गरेको छ । दलालपूँजीवादले राजनीतिलाई समेत प्रभाव पारिरहेको छ । बिगतमा पार्टीमा पैसावालाहरुले निर्वाचनमा टिकट प्राप्त गर्ने, राजकीय नियुक्तमा पैसाको चलखेल हुने जुन खालका प्रवृत्तिहरु बढी रहेका छन् । यसका विरुद्ध पार्टी भित्र पनि दृढता पूर्वक वैचारिक संघर्ष गर्दै दलाल पूँजीको अन्त्य गर्दै राष्ट्रिय पूँजीको निर्माणमा पार्टीको सहि नीति र दृष्टिकोण तय गरि लागु गर्न जरुरी छ ।
सरकारमा गएपछि उत्कृष्ठ ढंगले कार्य सम्पादन नगरी सरकारले लोकप्रियता हासिल गर्न सक्तैन । उत्कृष्ठ कार्यसम्पादनको अभावमा सरकार लोकप्रिय मात्रै नहुने होइन कि अर्काे निर्वाचनमा पार्टीले हासिल गरेको जनताको अभिमत कायम हुदैन, यसले गर्दा नेपाली क्रान्तीलाई अगाडी बढाउने, समृद्धि हासिल गर्ने, समाजवादमा जाने विषय पछाडी घकेलिन पुग्दछ । तसर्थ उत्कृष्ठ कार्यसम्पादन गर्ने पद्दतीको विकास गर्नका लागी पार्टी भित्रै योजनाबदकामको थालनी गरि कार्यसम्पादनमा आधारित नेतृत्व छनौटको प्रणालीको विकास गर्न जरुरी छ । पार्टी भित्र गुटबन्दी बढ्दै जाँदा गुटकै आधारमा नेतृत्वको छनौट हुने, गुटकै आधारमा असक्षम व्यक्तिहरु मध्येबाटै सरकार संचालनमा मन्त्री र राजकीय नियुक्ती पाउने स्थिति हुन्छ । अनि यसरी उत्कृष्ठ कार्यसम्पादन गर्न नसक्ने व्यक्तिहरुबाट सरकार संचालन भएमा सरकारबाट उत्कृष्ठ कार्यसम्पादन हुनै सक्तैन । यतिखेर नेपाल कम्युनिष्ट पार्टीका सामु कार्यसंचालन पद्दतीमा नयाँ मोडेलको विकास गर्नु, सक्षम र योग्य व्यक्तिलाई सरकार र राजकिय क्षेत्रको संचालनको जिम्मेवारी प्रदान गर्न ध्यान दिनु पर्दछ ।
राष्ट्रियता, जनवाद र जनजीविकाको नारा अगाडी सारी जनताको अभिमतबाट राज्य सत्ताको नेतृत्व गर्न पुगेको पार्टीका सामू यतिखेर राष्ट्रियताको संरक्षणमा अग्रभागमा रहेर भूमिका निर्वाह गर्नु पर्ने ऐतिहासिक अभिभारा आएको छ । विगतमा जथाभावी रुपमा गैह्र नेपालीलाई नागरिकता वितरण गरिएको र संविधान निर्माण गर्दा पनि गंभीर रुपमा ध्यान दिन नसक्दा अहिले पनि गैह्र नेपालीले नागरिकता फटाफट प्राप्त गर्ने स्थिति रहेको छ । वर्तमान सरकारको तर्फबाट नै नागरिकता ऐन २०६३ लाई संसोधन गर्न नागरिकता विधेयक संसदमा पेश गरिएको छ, यो विधेयक जस्ताको त्यस्तै पारित भएमा लाखौं विदेशीहरुले नेपाली नागरिकता प्राप्त गर्ने र कालान्तरमा वास्तविक नेपाली भन्दा पनि गैह्र नेपालीको जनसंख्या बढ्दै जाने र देशलाई फिजिकरण र सिक्किमिकरण गर्ने जुन खालका सिके राउतहरु र मधेशवादी दलका गतिविधि छन्, तिनलाई वल पुग्ने छ । अतः यस्तो देशको राष्ट्रियतालाई कमजोर बनाउने खालको नागरिकता वितरण नीतिका बारेमा पार्टीले गंभीर ढंगले सोच्न जरुरी छ । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अक्षुण बनाउने र बलियो बनाउने गरि नागरिकता वितरण नीति बनाउन पार्टीले ध्यान दिनु पर्दछ । यस सन्दर्भमा विगतमा जथाभावी तवरले वितरण गरिएको नागरिकताको छानवीन गर्न उच्च स्तरीय नागरिकता छानवीन आयोग गठन गर्न पार्टीबाट पहल हुनु पर्दछ । यसका साथै देशको सिमालाई व्यवस्थित गर्न, सिमा नाकामा बलियो बार घेरा तारबार गर्न, देश भित्र पेशा व्यवसाय गर्न आउने विदेशीहरुलाई कडाईका साथ कार्य अनुमती पत्रका आधारमा मात्र पेशा व्यवसाय गर्न पाउने व्यवस्था गर्न, सन् १९५० को असमान सन्धीका आधारमा जे जति पनि भारतीय नागरिकहरु पेशा व्यवसाय गर्न नेपाल आउने व्यवस्थालाई खारेज गर्नपार्टीबाट सरकारलाई निर्देश गर्न जरुरी छ ।
नेपाल कम्युनिष्ट पार्टीको एकिकरणको कार्य सम्पन्न सँगसँगै पार्टीलाई नयाँ ढंगको कम्युनिष्ट पार्टीको रुपमा विकास गर्न सक्दा पार्टीका सामू थुप्रै अवसरहरु विद्यमान छन् । पार्टीलाई क्रान्तिकारीकरण तवरले एवं लोकतान्त्रीक तवरले संचालन गर्दा, सरकार पनि लोकतान्त्रीक तवरले संचालन हुन्छ र यसैको जगमा समाजको लोकतान्त्रीकरण र क्रान्तिकारीकरणको जग निर्माण भई सामाजीक न्याय र समृद्धि सहितको समाजवादकोआधार निर्माण सहज हुनेछ । पार्टीले राष्ट्रियताको संरक्षण र सम्बर्धनका लागि संचालन गर्ने अभियानले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता सुदृढ हुन्छ । पार्टीको लोकतान्त्रीकरण र क्रान्तिकारीकरणबाट नै हजारौ लाखौ मानिसहरु अझै पार्टी वरिपरि गोलबन्द हुने आधार निर्माण हुनेछ । पार्टी भित्र सक्षम व्यक्तिहरु मध्येबाट नेतृत्व छनौट गर्ने विधि र पद्दतीले शासन सत्तामा पनि सक्षम र योग्य व्यक्ति नियुक्ती गर्ने आधार निर्माण हुनेछ र यसैको जगमा सरकारले पनि उत्कृष्ठ ढंगले कार्य सम्पादन गरि लोकप्रियता हासिल गर्दछ । कार्यसम्पादनमा आधारित नेतृत्व छनौटको प्रणालीले पार्टी भित्र गुटबन्दीलाई क्रमशः समाप्त पारि सिंगो पार्टीमा भावनात्मक, विचारधारत्मक र संगठनात्मक एकताको बलियो आधार निर्माण गर्दछ ।
पार्टीले अवलम्बन गर्ने प्रगतीशील, कान्तीकारी र जनमुखी संस्कृतिलाई पार्टीका नेता तथा कार्यकर्ताका साथै सरकारमा गएका व्यक्तिले दैन्दिन कार्यशैली र जीवनशैलीमाअबलम्बन गर्न सके सामाजीक सांस्कृतिक रुपान्तरणको आधार तयार हुनेछ । यसरी नेकपा भित्र बैचारिक, कार्यशैली र जीवनशैलीका क्षेत्रमा नयाँ ढंगको नीति, विचार निर्माण गरि तदनुरुप कार्यान्वयन गर्न सके नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय राजनीतिमा दशकौं सम्म नेतृत्वकारी भूमिका निर्वाह गर्न सक्ने र बिश्व क्रान्तिमा नेपालको क्रान्ति मोडेलको रुपमा बिकास हुन सक्ने विश्वास लिन सकिन्छ ।
(लेखक नेकपाका केन्द्रीय सदस्य हुन् )
प्रस्तुत लेख ऐक्यबद्धताको २०७५ फागुन अंकमा पनि प्रकाशित छ ।
वि.सं.२०७५ फागुन २० सोमवार ०९:२३ मा प्रकाशित