back
CTIZAN AD

रविन्द्र अधिकारीको सम्झनामा ‘सारङ्गी रेटेर’

वि.सं.२०७५ फागुन २० सोमवार

690 

shares

दिवंगत विद्यार्थी आन्दोलनका पहरेदार, देशभक्ती नेता तथा माननीय मन्त्री स्वर्गिय रविन्द्र अधिकारीको सम्झनामा समर्पित पीएन साईलाको स्वरमा “सारङ्गी रेटेर ” बोलको मनछुने शोक गीत सार्वजनिक भएको छ । श्यामसुन्दर पुडासैनीको शब्द रहेको उक्त गीतमा बलामी फिल्म इन्टरटेन्मेन्टको दृश्य सामाग्री रहेको छ ।

१५ फागुन २०७५ मा हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको उक्त शोकगीतमा अधिकारीले विद्यार्थी राजनीतिदेखी मन्त्री बन्दासम्मको अवधीमा गरेका योगदानको चर्चा गरिएको छ । सामाजिक संञ्जाल युवटुवबाट सार्वजनिक भएको सारङ्गी रेटेर गायीएको उक्त गीतमा गायक पीएन साईलाले नै सारङ्गी बजाएका छन् ।

वि.सं.२०७५ फागुन २० सोमवार १२:१९ मा प्रकाशित