back
CTIZAN AD

प्रधानमन्त्रीलाइ नचाहिँदा भारी, कहाँ–कहाँ छन त उनका जिम्मेवारी ?

वि.सं.२०७५ फागुन २० सोमवार

1.1K 

shares

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुइ तिहाइ बहुमत प्राप्त पहिलो ठूलो दल नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी तथा मन्त्रिपरिषद्, संवैधानिक परिषद् र राष्ट्रिय सुरक्षा परिषदको् अध्यक्षताका अलावा आवश्यकै नपर्ने ठाउमा पनि जिम्मेवारीको भारी बोकीरहनु परेको छ ।
पार्टी एकता पुरा हुन नसकेको, जनताले राहतको अनुभुति प्रत्यक्ष गर्न नपाएको तथा चाहिने काम र ठाउमा समय दिन नसकेको अवस्थामा प्रधानमन्त्रीजस्तो महत्वपूर्ण ब्यक्तिलाइ अ‍ैरैगैरे समान्य काममा अल्झाइनु कुनै पनि अर्थमा स्वभाविक देखिदैन । चलि आएको नाउँमा उनलाइ समेत अनावश्यक भारीको रुचि छैन तथापी जबरजस्ती जस्तै बोकाइएको छ ।
क्याबिनेट बाहेक उनले कुलपतिका रुपमा त्रिभुवन विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान लगायतका प्राज्ञिक क्षेत्रको जिम्मेवारी सम्हालेका छन् ।
त्यस्तै आदिवासी जनजाति उत्थान, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समिति, राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद्, राष्ट्रिय जलस्रोत विकास परिषद्, पर्यटन परिषद्, जलवायु परिषद्, उच्चस्तरीय एचआइभी एड्स परिषद्, काठमाडौं उपत्यका विकास परिषद्, राष्ट्रिय विकास परिषद्, राष्ट्रिय सूचना प्रविधि विकास परिषद्, राष्ट्रिय विकास समस्या समाधान समिति, वाग्मती र यसका सहायक नदीनालाको संरक्षणसम्बन्धी उच्चस्तरीय समिति, प्रशासन सुधार समन्वय तथा अनुगमन समिति, सार्वजनिक प्रशासन पुनर्संरचना निर्देशन समिति, संगठित संस्था सम्बन्धित उच्चस्तरीय नीति निर्देशन समिति, राष्ट्रिय जनसंख्या समिति, विकेन्द्रीकरण कार्यान्वयन तथा अनुगमन समिति, राष्ट्रिय बाघ संरक्षण समिति, राष्ट्रिय योजना आयोग, कर्णाली विकास परिषद्, सूचना प्रविधि उच्चस्तरीय आयोग,गरिबी निवारण कोष, दिगो विकासका लागि राष्ट्रिय आयोग, उच्चस्तरीय लगानी बोर्ड, बहुपक्षीय खेलकुद समन्वय परिषद, उच्चस्तरीय व्यवसाय मञ्चमा अध्यक्षता गराइने चलन छ ।

यसैगरी प्रधानमन्त्रीलाइ प्रमुख संरक्षकको जिम्मेवारी दिइएका नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद्, लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल स्काउट र नेपाल ट्रष्टमा समेत प्रमको भुमिका राखिएको छ ।
विश्वविद्यालय मध्ये खुल्ला विश्वविद्यालयमा प्रमलाइ कुलपति राखिएको छैन । प्रम जस्तो ब्यस्त ब्यक्तित्वलाइ कहाँ कस्तो जिम्मेवारी दिने र लिने भन्ने बिषय ख्याल गरीनुपर्दछ ।

वि.सं.२०७५ फागुन २० सोमवार १२:२२ मा प्रकाशित

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरएन डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...