२३ फागुन, कालीकोट । दक्ष जनशक्ति उत्पादन र परिचालन गर्न रास्कोट नगरपालिकाले श्रम रोजगार बैँक स्थापना गरेको छ । बैँकका सदस्यले नगरका विकास पनर्माण, उत्पादन, सामाजिक सुरक्षा, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनलगायत काम गर्नेछन् ।
नगर प्रमुख काशीचन्द्र बरालले बिहीबार बैँक स्थापनाको घोषणा गर्दै युवालाई आफ्नै गाउँमा रोजगारी दिने उद्धेश्य रहेको बताएका छन् । यसबाट भारतलगायतका मुलुकमा जोखीमपुर्ण काम गर्न युवा जाने क्रम रोकिने नगरपालिकाको विश्वास छ । मानव स्रोत एकीकृत गरी दक्ष बनाएर परिचालन गर्छौ, नगर प्रमुख बरालले भने, यो श्रमशक्तिले नयाँ रास्कोट निर्माण हुनेछ ।
न्गर उपप्रमुख मीमसरा बम शाहीले कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट युवा छनोट गरिएको जानकारी दिइन् । बिहीबारको कान्तिपुर दैनिकमा तुलाराम पाण्डेले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २३ बिहीवार ०७:४८ मा प्रकाशित






























