back
CTIZAN AD

सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको म्याकसेलीको आरोप

वि.सं.२०७५ फागुन २३ बिहीवार

660 

shares

२३ फागुन् वासिङ्टन ।एक जना अमेरिकी सिनेटरले आपूm अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाएकी छन् ।

आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित उदाहरण भएको रिपब्लीकन सिनेटर मार्था म्याकसेलीले दाबी गरेकी छन् ।

सेनाबाट हुने यौनजन्य हिंसाको सुनवाईका लागि बनेको उपसमितिमा उनले सो कुरा बताएकी हुन् ।

सेनाको उच्चस्तरमा रहेका ती बलात्कारीले पदको दुरुपयोग गरी यस प्रकारको हिंसा गरेको म्याकसेलीले बताएकी छन् ।

एरिजोना राज्यबाट सिनेटर पदमा पुग्नु भएकी ५२ वर्षीया म्याकसेली सन् १९८८ बाट २०१० सम्म अमेरिकी वायु सेनामा कार्यरत छन् ।

उनी कर्नल पदबाट अवकाश हुनु भएको समाचारमा जनाइएको छ । आफू बलात्कृत भएको अवस्थामा उनले बलात्कारीको प्रत्यक्ष विरोध नगरेको र धेरै वर्षको अन्तरालपछि म्याकसेलीले यस यौन अपराधलाई बाहिर ल्याएकी हुन् ।

‘यस्ता अपराधबाट धेरै पीडित जस्तै म पनि दोहोरिए जस्तो मलाई लाग्थ्यो,’ म्याकसेलीले बताउनुभयो ।

म्याकसेलीको अभियोगबाट आफूहरु स्तब्ध र दुःखी भएको अमेरिकी वायुसेनाले निकालेको एक विज्ञप्तिमा जनाइएको छ ।

म्याकसेलीलाई नौसेनाको एक टुकडीलाई कमाण्ड गर्दै युद्धक विमान चालकका रुपमा पहिलो अमेरिकी महिलाको रुपमा पनि हेरिन्छ ।

वि.सं.२०७५ फागुन २३ बिहीवार १७:३० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...