back
CTIZAN AD

सुन खानी दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

वि.सं.२०७५ फागुन २३ बिहीवार

657 

shares

२३ फागुन, जकार्ता । सिन्ह्वा मध्यइन्डोनेसियाको एक सुन खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ ।

एजेन्सीका अधिकारीले अरु व्यक्तिको खोज तथा उद्धारकार्य अन्त्य भएको पनि जनाएका छन् । उद्धारकर्मीलाई सुन खानीको भित्री भागमा पुगेर खोज तथा उद्धारकार्य गर्न कठिनाई भएपछि सो कार्य स्थगित गरिएको हो ।

बोलाङ मन्गोन्डो जिल्लाका विपद् व्यवस्थापन एजेन्सीका प्रमुख ह्यारिस डिलापाङ्गाले सुन खानीभित्र कति मजदूर थिए भन्ने अझै टुङ्गो नलागेको जानकारी दिए ।

बिना अनुमति सञ्चालित उक्त सुन खानीमा गत फेब्रुअरी २६ मा दुर्घटना भएको थियो । उक्त खानीबाट १८ जना मजदूरलाई भने उद्धार गरिएको र उनीहरु विभिन्न चोटपटकबाट सख्त घाइते भएका छन् ।

एजेन्सीका अनुसार, खानीको कमजोर पूर्वाधार तथा कमजोर भूबनौटभित्र लामालामा सुरुङ खनिएका कारण इन्डोनेसियामा बारम्बार खानी दुर्घटना हुने गरेका छन् ।

इन्डोनेसिया सरकारले अवैधानिक सुन खानीमाथि प्रतिबन्ध लगाएको छ तर देशका दुर्गम स्थानमा सुन खानी निर्वाधरुपमा सञ्चालन हुने गरेका छन् ।

वि.सं.२०७५ फागुन २३ बिहीवार १७:३३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...