back
CTIZAN AD

नारी दिवसका नारालाई व्यवहारमा उर्तान सतत प्रयत्न गरौं

वि.सं.२०७५ फागुन २४ शुक्रवार

693 

shares

महिला तथा बालबालिकाको बेचविखन मुलुकको एउटा गम्भीर समस्याको रूपमा देखिएको छ । महिला तथा बालबालिका उपर जबर्जस्ती यौन हिंसाहरु बढिरहेका छन् । वादी देउकी र झुमा प्रथाहरू समाजमा कुनै न कुनै रुपमा विद्यमान नै छन् । छाउपडी प्रथाबाट पनि उनीहरु पीडित छन् ।

सर्वप्रथम लैंगिक समानताको लागि समान सोच र व्यवहार, सम्वृद्दिको आधार भन्ने १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको नारालाई सबै नेपालीले व्यवहारमा उतार्न सतत प्रयत्न गरौं । यही शुभकामनाकासाथ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

नेपाली समाजमा लामो समयदेखि जरा गाडेर बसेको परम्परागत पितृसत्तात्मक मान्यताले महिलाको स्थितिमा प्रतिकूल प्रभाव पारेको छ । महिला अधिकारको दृष्टिकोणबाट हेर्ने हो भने एउटा महिला बालिकाको रुपमा जन्मनासाथ नै विभेदित हुन्छिन् । नेपाली समाजमा छोराको चाहनामा छोरीको भ्रुणणहत्या गर्ने प्रचलन कायमै छ । परिवारमा एउटा छोराको जन्म हुँदा खुसीयाली मनाउने अवसर हुन्छ, तर छोरीको जन्ममा सायदै यस्तो अवसर होला । “ढिलै होस् तर छोरा होस्” भन्ने परम्परागत विश्वास यद्दपि नेपाली समाजमा विद्यमान नै छ । सामाजिक संरचनामा छोराको केन्द्रीय भूमिका रहन्छ, जसले पारिवारिक परम्परालाई निरन्तरता दिने प्रमुख भूमिका पनि छोरालाई प्रदान गर्दछ ।

अझै पनि छोराले परिवारको वंश थाम्ने, बुढेसकालमा बाबुआमाको हेरचाह गर्ने तथा बाबुआमाको परलोकपश्चात् पनि धार्मिक काजकिरिया गर्ने भन्ने धार्मिक मान्यताको कारण समाजमा यो प्रचलन विद्यमान भएको हो । छोरीलाई परिवारमा सधैँ पराइका रूपमा हेरिने र विवाहपश्चात् लोग्नेको घरमा जाने हुँदा छोरीको अधिकार लोग्नेकै घरमा मात्र सिर्जना हुने मानिन्छ र छोरीलाई बाबुको घरमा परिवारको सदस्यको रूपमा पनि परिभाषित गरिँदैन ।

एउटा छोरीले जीवनको प्रारम्भदेखि नै शिक्षादिक्षा, लालनपालन, स्वास्थ्य उपचार ईत्यादिजस्ता क्षेत्रमा पनि लैङ्गिक पूर्वाग्रही संस्कारको सामना गर्नुपर्ने हुन्छ । महिलालाई समाजका हरेक क्षेत्रमा कम प्राथमिकता दिइनुका साथै उनीहरूलाई पुरुषको सहायकको रूपमा मात्र व्यवहार गरिन्छ । फलस्वरूप महिलाहरू माथि असमान व्यवहार गरिन्छ, पैत्रिक सम्पत्तिको समान अधिकारबाट वन्चित गरिन्छ, आमाबाट छोराछोरीलाई नागरिकता प्रदान गर्न सक्ने अधिकारबाट इन्कार गरिन्छ र कानुनको दृष्टिमा उनीहरूको अधिकार वैवाहिक स्थिति एवं लोग्नेप्रतिको निष्ठामा आधारित हुन्छ ।

जघन्य यौनजन्य अपराध, चेलीबेटी बेचविखन, जबरजस्ती यौन हिंसा, दाइजोको समस्या घरेलु हिंसा आदि महिलामाथि गरिने अत्याचारका स्वरूपहरू हुन् । बालविवाह, अनमेल विवाह, बहुविवाह यद्यपि नेपाली समाजमा कायमै छन् । विवाहबाट महिलाले केही अधिकारहरू प्राप्त गर्दछन् । जस्तोः लोग्नेको सम्पत्तिमा अधिकार, तर यसले कमै मात्र महिलाको जीवनमा सकारात्मक प्रभाव पार्दछ । एउटा प्रतिबन्धित समाज जहाँ व्यक्तिको जीवन सामाजिक मूल्य र मान्यताद्वारा नियमित र नियन्त्रित हुन्छ, त्यस्तो समाजमा एउटा महिलाले विवाहपश्चात् शारीरिक र मानसिक यातनाको कारण झन् कष्टकर जीवन भोग्नुपर्ने हुन्छ । शिक्षाको अवसरको अभाव, सामाजिक दबाब तथा आर्थिक परनिर्भरताको कारण महिलाले लोग्नेको घरमा निरन्तर दुव्र्यवहारको सामना गर्नुपरे पनि घर छोड्न सक्ने स्थिति हुँदैन ।

विशेषगरी तराई समुदायमा दाइजोसँग सम्बन्धित हिंसा दिनप्रतिदिन बढ्दो छ । केही समुदायमा अझै पनि छोरीको विवाह गर्नका लागि केटापक्षलाई प्रभाव पार्न दाइजोको रूपमा नगद नै दिने प्रचलन कायमै छ । समाजमा प्रचलित यस्ता हरेक प्रचलनमा महिलालाई एउटा वस्तुको रूपमा हेरिन्छ जहाँ महिला नै गम्भीर रूपमा पीडित हुन्छन् ।

महिला तथा बालबालिकाको बेचविखन मुलुकको एउटा गम्भीर समस्याको रूपमा देखिएको छ । महिला तथा बालबालिका उपर जबर्जस्ती यौन हिंसाहरु बढिरहेका छन् । वादी देउकी र झुमा प्रथाहरू समाजमा कुनै न कुनै रुपमा विद्यमान नै छन् । छाउपडी प्रथाबाट पनि उनीहरु पीडित छन् ।

नेपाली समाजमा बोक्सी सम्बन्धी अन्धविश्वास पनि कायमै रहेको छ । तथाकथित बोक्सीको आरोपमा नेपाली महिलाहरूले गम्भीर हिंसा सहन वाध्य छन् । दुर्गाग्यबस एक्काईसौं शताव्दीको यो समयमा आउँदा पनि नेपाली महिलाहरूले जन्मदेखि मृत्युपर्यन्त विकराल सामाजिक भेदभावको सामना गर्नु परिरहेको विडम्बना कायमै छ । आधुनिक सभ्यताको विश्व सामु नेपाली महिला वर्गले भोग्नु परेको यस किसिमको सामाजिक व्यवहार ज्यादै नै निन्दनीय व्यवहार हो ।

नेपालमा २०४७ सालको संविधान पश्चात आजसम्म केही उपलब्धीहरु अवश्य हासिल भएका छन् तर सन्तोष गरेर बस्न सकिने स्थिति आईसकेको छैन । अब संयुक्त राष्ट्रसंघ र यसअन्तर्गत जारी भएका अन्तर्राष्ट्रिय महासन्धिहरूको अधीनमा रही राष्ट्रहरूले कानुन र व्यवहारमा दायित्व निर्वाह गर्नुपर्ने जुन विश्व मान्यता स्वीकार गरिएको छ सो सन्दर्भमा नेपालमा पनि पारिवारिक प्रणाली र सामाजिक मान्यतामा आमूल सुधार गरी कानुनी र सामाजिक दुवै क्षेत्रमा समान सहभागिता र समान व्यवहारको वकालत अभियानलाई तिब्र बनाउनु नै आजको मूल कार्यभार हो ।

लैङ्गिक समानताको मुख्य उद्देश्य पनि यही नै हो । यसमा राज्यका तीनवटै प्रमुख निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबाट अझै सक्रियताकासाथ भूमिका निर्वाह हुनुपर्दछ भन्नेमा दुईमत हुन सक्तैन । आजको अन्तर्राष्ट्रिय नारी दिवसले हामी सबैमा संवेदनशीलता जागृत गरोस, यही नै शुभकामना ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार ०८:५५ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...