back
CTIZAN AD

ससुरालीबाट दाइजो नलिने युवालाई गाउँपालिकाले दाइजो दिने

वि.सं.२०७५ फागुन २४ शुक्रवार

771 

shares

२४ फागुन, काठमाडौं । बाराको करैयाँमाई गाउँपालिकाले बिहेमा दाइजो नलिने युवालाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँ दिने भएको छ।
तराइमा रहेको व्याप्त दाइजो प्रथा र त्यसले छोरीपक्षका परिवारलाई दिइरहेको पीडालाई केही हदसम्म कम गर्नका लागि यस्तो योजना ल्याएको गाउँपालिका अध्यक्ष भुवनेश्वर धामीले बताएका छन् ।
उनका अनुसार यसले दाइजो प्रथालाई केही हदसम्म कम गर्छ कि, भन्ने हो । सदियौंदेखि जकडिएको दाइजो प्रथा हाम्रो यो अभियानले पूरै निर्मुल हुन्छ भन्न सक्तैनौं । यो जनचेतना जगाउने काम हो । अब छोरीहरु दाइजो प्रथाको सिकार हुनुहुँदैन भन्ने सोचले यस्तो योजना ल्याइएको अध्यक्ष धामीले संसारन्युजलाई बताए ।
१४ फागुनदेखि यस्तो निर्णय गरेको बताउँदै उनले भने, ‘यसले युवाहरुलाई कति छुन सक्छ थाहा छैन, तर गाउँपालिकाको कर्तव्य सोचेर जनचेतनास्वरुप यो काम गरेका हौं ।’
उनका अनुसार अहिले सम्म कुनैपनि युवाले यसका लागि ‘म, तयार छु,’ भनेर भनेका छैनन् । उनले भने, ‘तर स्थानीयले राम्रो सुरुवात भनेका छन् । हेर्दैजाउँ कस्तो हुन्छ ।’
उनका अनुसार गाउँपालिकामा रहेका दुई वटा प्लस टु, २ वटा निमावि र  १४ वटा प्रा.विमा छात्र र छात्राका लागि एउटै ड्रेस राखिएको छ । जसमा कालो पाइन्ट र सेतो कमिज रहेको छ ।
त्यस्तै गाउँपलिकाले १० पास गरेर ११ मा जाने युवतीका लागि साइकल खरिद गरिदिने निर्णय गरेको पनि उनले बताए ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार १३:४२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...