
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समुहलाई कम्युनिष्ट पार्टीको नाम फ्याकेर लुटेरा समुह विप्लव राख्न आग्रह गरेका छन् ।
सरकार र सिके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नेकपा नाम राखेर लुट्दै हिड्नु भन्दा कम्युनिष्ट पार्टीको नाम निकाल्न आग्रह गर्दै प्रकाण्ड लुटेरा समुह राखेपनि हुन्छ भनेका थिए ।
उनले घरभित्र बन्दुक लगायतका हतियार राखेर बस्ने, मान्छे लुट्ने हत्या गर्ने, विष्फोट गराउने लगायतका कार्य गर्नेले पार्टीको नाम कम्युनिष्ट राख्न नहुने भन्दै आफूलाई पनि नेकपा भन्नु परेकोमा बेइज्जत नै भइसकेको भन्दै व्यंग गरेका थिए ।
उनले त्यो बाटो छोड्न आग्रह गर्दै शान्ति सुरक्षा कायम राख्ने काम सरकारको भएकोले सरकारले त्यो काम गर्ने बताए ।
वि.सं.२०७५ फागुन २४ शुक्रवार १६:०७ मा प्रकाशित






























