back
CTIZAN AD

हत्या आरोप लगाउँदै आफन्तले शव बुझ्न मानेनन्

वि.सं.२०७५ फागुन २५ शनिवार

552 

shares

२५ फागुन, काठमाडौँ । कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले गणभित्रै हत्या गरिएको भन्दै उनका आफन्तले छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् । फागुन २० गते सेना दिवसका दिन बिहान यन्सास राइफलको गाली चिउँडोमा लागेको गोली टाउकोबाट निस्कँदा खड्काको ज्यान गएको थियो ।

उनको शव सेती अञ्चल अस्पतालमा राखिएको छ । जाजरकोटबाट आएका उनका बुबा, दाजु पत्नीलगायत आफन्तले सुक्रबार धनगढीमा खड्काको हत्या भएको आरोप लगाए । नेपाली सनोले आत्महत्या गरेको भनी दिएको जानकारीप्रति उनीहरु आक्रोश पोखे । ‘घटनाको प्रकृति र सेनाका अधिकारीहरुको भनाइ तथा व्यवहार हेर्दा हत्या नै भएको देखिन्छ,’ मृतक वीरबहादुरका दाजु नवीनकुमार खड्काले भने । घटनाको अघिल्लो दिन टेलिफोनमा उनीसँग कुरा भएको पत्नी हिमालीज्योति खड्काले बताइन् । ‘उहाँ खुशी हुनुहुन्थ्यो । कुनै समस्या र तनाबमा उहाँ हुनुहुन्थेन,’उनले भनिन् । ‘उहाँले आफैले गोली हानेर आत्महत्या गर्नुभएको होइन, हत्या नै भएको हो, सत्यउतथ्य छानबिन गर्न माग गर्दछु ।’ गाउँमा चलाइराखेको पसल बेचेर आफूसँगै बस्नेगरी आउनु भनेर फोनमा भनेको समेत उनले बताइन् । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

वि.सं.२०७५ फागुन २५ शनिवार ०७:४१ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...