back
CTIZAN AD

नेकपा बैठकमै आशंका

वि.सं.२०७५ फागुन २५ शनिवार

699 

shares

२५ फागुन, काठमाडौँ । सिके राउतसँगको सहमति अनुमोदनका लागि प्रधानमन्त्री केपी शर्मा ओलले बिहान ११ बजे सरकारी निवास बालुवाटारमा पार्टी सचिवालयको आकस्मिक बैठक डाकेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले करिब डेढ महिनादेखिको लगातार वार्तापछि राउत पृथकतावादी आन्दोलन छाडेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सहमत भएको ‘बिफ्रिङ’ गरेका थिए । सहमतिको मस्यौदासमेत सुनाएपछि नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पूर्ण आश्वस्त हुन सकेनन् । सहमति हुँदै गरेको ‘सरप्राइज’ विषयमा नेताहरुले सामूहिक रुपमै आशंकासहित सुझाव दिए–‘भाषा सच्याएर मात्रै सहमति गर्नुहोस्।’

‘हिंसा छाड्ने, पृथकतावादी सोच परित्याग गरेर स्वतन्त्र मधेसको माग छाडेर मूल धारको राजनीतिमा लाग्ने प्रतिबद्धतापछि सहमतिको वातावर(ा बनेको प्रधानमन्त्रीले बिफ्रिङ गर्नुभएको थियो,’ वरिष्ठ नेता खनालले भने, ‘हामीले पृथकतावादी सोच छाडेर संविधानसम्मत ढंगले मूल धारको राजनीतिमा प्रवेश गर्ने कुरा राम्रो हो, तर मस्यौदामा भाषा मिलाएर मात्रै सहमति गर्नुहोस्, भनेर उहाँको प्रस्तावलाई अनुमोदन गरेका हौँ ।’ नेताहरुले पृथकतावादी आन्दोलन परित्याग गरेको विषय मस्यौदामा स्पष्ट खुलाउनुपर्ने सुझाव दिएपछि प्रधानमन्त्री ओलीले त्यही प्रतिबद्धताअनुसार नै सहमति भएको बताएका थिए । ओलीको बाचापछि आशका कायमै रहेपनि बैठकले प्रस्ताव अनुमोदन गरेको थियो । समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ ।

वि.सं.२०७५ फागुन २५ शनिवार ०७:५३ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...