
मकाउ । मकाउका नेपाली महिलाले पहिलोपटक नारी दिवस मनाइएको छ ।
एनआरएनए मकाउको महिला फोरमले शुक्रबार १०९ औं नारी दिवश ‘ब्यालेन्स फर बेटर’ भन्ने अन्तराष्ट्रिय नारा र ‘डोमेस्टीक भ्वाइलेन्स से नो’ भन्ने नारासहित भव्य रुपमा मनाएको हो ।
महिलो फोरमकी संयोजक शर्मिला राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शुसीला राईले स्वागत मन्तब्य दिएकी थिइन् ।
एनआरएनए मकाउकी अध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष अधिकारीले शुभकामना मन्तव्य दिदैं नेपालमा महिला तथा बालबालिका माथि भइरहेका हत्या–हिंसाह बिरुद्धको बारेमा आवाज उठाउनु पर्ने बताएकी थिइन् ।
प्रबाशी नेपाली मंचका पूर्ववरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी, अन्तराष्ट्रिय नेपाली समाजका अध्यक्ष प्रजुन कुमार अधिकारी, एम एन बिएफएका अध्यक्ष सिर्जन (बाबा भाइ), अध्यक्ष मिलन श्रेष्ठ, शेर्पा समाजका अध्यक्ष आङ्ग गेल्जेन शेर्पा, हेड्स नेपाल मकाउका उपाध्यक्ष प्रेम कुमार बिक, एनआरएनए मकाउका महासचिब पूर्ण गुरुङ, सल्लाहकार राम कार्की, कार्यकारी सदस्य लक्ष्मण गुरुङको आतिथ्यता रहेको थियो । 
त्यस्तै नेपाली जनसम्पर्क समिति मकाउका सहकोषाध्यक्ष चन्द्र पुलामी, किरात याक्थुंग चुम्लुंङका सचिब रुपेश आङ्ग्बो, किराय मकाउका सल्लहाकार कुमार राई, मण्डेलाका संचालक दीपक कमल क्षेत्री, ग्यालेक्सी जापानिज रेष्टुरांका मेनेजेर जुनु थापा रहेका थिए ।
सो अबसरमा प्रजुन कुमार अधिकारी, कृष्ण अधिकारी, राजन खत्री लगायतका अतिथिहरुले छोटो शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिदेशी नागरिकहरुको पनि उपस्थिति रहेको थियो । प्रतिकुल मौसमका बाबजुत पनि मकाउमा रहेका नेपाली चेलीहरुको उल्लेखनीय उपस्थितिमा सुशिला राई र सिर्जना योञ्जनको डान्सले कार्यक्रम निकै रोचक भएको थियो भने बिरेन वाइबाको उद्घोषण झनै रोचको भएको थियो । 
कार्यक्रम सफल बनाउन विभिन्न सस्थाका प्रतिनिधि तथा कम्पनीमा कार्यरत व्यक्तित्वहरुबाट आर्थिक सहयोग पनि जुटेको थियो । साथै उक्त कार्यक्रममा मकाउ टेलिभिजनबाट पनि उपस्थिति थियो ।
एनआरएनए महिला फोरमले सुरुवात गरेको कार्यलाई प्रत्यक्ष्य वा अप्रत्यक्ष, भौतिक तथा आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण लाई हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोग र साथको अपेक्षा राखेको आयोजकले बताएको छ ।
आयोजकले आर्थिक सहयोग गर्नु हुने सहयोगीहरुलाई पनि विशेष धन्यवाद दिएको छ ।
वि.सं.२०७५ फागुन २५ शनिवार ०८:११ मा प्रकाशित






























