back
CTIZAN AD

राष्ट्रियता जोगाउन स्वाभिमानको यात्रामा छौँ : अध्यक्ष थापा

वि.सं.२०७५ फागुन २५ शनिवार

756 

shares

२५ फागुन, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता जोगाउन स्वाभिमान यात्रा शुरु गरेको बताएका छन् । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार पुगेका अध्यक्ष थापाले पत्रकारसँगको भेटघाटमा मुलुकको राष्ट्रिय खतरामा परेको उल्लेख गर्दै यसको बचाउमा राप्रपाले मेची–काली यात्रा थालेको बताए ।

“हामीले यही फागुन १५ गतेदेखि शुरु गरेको मेची–काली यात्रा फागुन ३० गते काठमाडौँमा पुगेर समापन गर्दैछौँ”, उनले भने, “फागुन ७ गते नेपाल सरकारलाई बुझाएको २२बुँदे माग पूरा गर्नेतर्फ चित्त बुझ्ने गरी प्रतिबद्धता नदेखाए जनसंघर्षमा उत्रिन्छौँ ।” सनातन हिन्दू राष्ट्र घोषणा गराउने मुख्य लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महङ्गी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई प्रष्ट्याउँदै आएको उनले बताए ।

सङ्गठित रुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने र गौ हत्या नियन्त्रण गरिनुपर्ने अध्यक्ष थापाको भनाइ थियो । पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने माग गर्दै वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्नसमेत उनले आग्रह गरे ।

वि.सं.२०७५ फागुन २५ शनिवार ०९:२५ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...