नेपाली श्रमिकहरुको साझा संगठन नेपाल ट्रेड युनियन महासंघ( जिफन्ट) को सहयोगी प्रबास समिती बहराइनमा गठन भएको छ ।
नेपाल ट्रेड युनियनका राष्ट्रिय उपाध्यक्ष कमल गौतमको सभापतित्वमा भएको एक भेलाले समिती निर्माण गरेको हो । जसको प्रमुख अतिथि ट्रेडयुनियन बहराइनका अध्यक्ष करिम मोहम्मद रहेका थिए ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी करिम मोहम्मदले नेपाली श्रमिक कामदारलाई आफूले सकेजति सहयोग गर्ने र श्रमजीवी कामदार माथि कहि कतै अन्याए भएको थाहा पाएमा तत्काल खबर गर्न पनि अनुरोध गरेका थिए । 
त्यस्तै नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्षले बिश्वभर छरिएर रहेका नेपालीहरुले श्रम अनुसारको मूल्य पाउनु पर्ने, निर्धक्क जागिर गरि स्वदेश फिर्ताहुने बाताबरण बनाउनेमा आफूहरुको पहल रहने बताए । आउदा दिनहरुमा बहराइन ट्रेड युनियन सङ साझेदारी गर्दै अगाडि बढ्न सुझाव समेत दिए ।
उक्त ट्रेड युनियन महासंघको शाखा बहराइन तदर्थ समितिको अध्यक्षमा युबराज केसी,उपाध्यक्षमा छबिलाल बिक,सचीवमा राजु पहारी,सहसचिबमा रामु काफ्ले तथा सदस्यहरुमा बिरेन्द्र बुढाथोकी, पुष्पा प्रजा र कमला बोहरा रहेका छन् ।
नव गठित कमिटीलाई प्रबासी नेपाली मञ्च बहराइनका अध्यक्ष शालिग्राम पन्तले सुभकामना मन्तव्य दिएका थिए भने भने कार्यक्रमको संञ्चालन अमर श्रेष्ठले गरेको सचिब राजु पहारीले बहराइनबाट संसारन्युजलाई बताएका छन् ।
वि.सं.२०७५ फागुन २५ शनिवार १९:२० मा प्रकाशित






























