back
CTIZAN AD

कतारबाट फर्केका डम्बर मोटरसाइकल धोएरै कमाउँछन् मासिक ९४ हजार

वि.सं.२०७५ फागुन २६ आइतवार

597 

shares

२६ फागुन,रुकुम (पश्चिम) । पैसा कमाउन विदेशै जानुपर्छ । त्यो पनि अमेरिका युरोप अष्ट्रेलिया । आजभोली पैसा कमाउन खाडी जानुपर्छ भन्ने धेरैको सोच हटिसकेको छ । एकप्रकारले भन्ने हो भने ती देशहरुमा कामगर्न जानेहरु बाध्यताले मात्र पसेका छन् भन्दा फरक नहोला ।
तर, स्वदेशमै बसेर पनि धेरै गर्न सकिन्छ भन्ने उदाहरण रुकुमका डम्बर परियार बनेका छन् । डम्बर कुमारले मोटरसाइकल र कार धोएरै मासिक ९४ हजार आम्दानी गर्छन् भन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर, यो कुरा सत्य हो ।

तपाइलाई लाग्ला काठमाडौं, बुटवल पोखरा या कुनै नाम चलेको सहरमा मोटर साइकल धोएर यतिधेरै पैसा कमाएको होला भन्ने लाग्न सक्छ । तर, त्यसो नभएर उनले आफ्नै जिल्ला, आफ्नै नगरपालिका अनि आफ्नै भूमिमा बसेर यस्तो पौरख देखाएका हुन् ।

रुकुम मुसिकोट नगरपालिका ५ सेरागाउँका ३४ वर्षीय डम्मर कुमार परियारले मोटरसाइकल धोएरै मासिक ९४ हजार रुपैयाँ आम्दानी गर्दै आएका हुन् ।

दुई वर्षदेखि पञ्चकन्या वासिङसेन्टर स्थापना गरेर सवारी धुने कामगर्दै आएका डम्मर कुमारले दैनिक १५ देखि २० वटा मोटरसाइकल र ३–४ वटा साना गाडी धुने गरेको बताउँछन् । उनले मोटर साइकलको १ सय र गाडी धोएको तीनसय रुपैयाँ लिने गरेका छन् ।

उनका अनुसार गाडी धोएको महिनामा घटिमा पनि ५५ हजार र बढीमा ९४ हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको छ । परिवारका सबै सदस्य नै उक्त काममा लागेकोले बाहिर छुट्टै खर्च गर्नु नपर्ने उनको भनाई छ । उनको वासिङ सेन्टरमा उनी लगायत श्रीमती भाइसहित ४ जनाले कामगर्दै आएका छन् ।

आठ वर्ष कतारमा बसेर आएका उनले आफ्नै ठाउँमा केही गर्ने सोचले दुईवर्ष पहिलो वासिङ सेन्टर खोलेका हुन् । परिवार पाल्नकै लागि अर्काको देशमा जानुपर्ने अवस्था अन्त्यभएकोले आफू यसैमा सन्तुष्ट रहेको उनले बताएका छन् । आइतबारको गोरखापत्र दैनिकमा सुरेन्द्र खत्रीले रुकुमबाट लेखेका छन् ।

 

वि.सं.२०७५ फागुन २६ आइतवार १०:२१ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...