back
CTIZAN AD

जिल्लामै पहिलोपटक खरका छाना हटाउँदै धुर्कोट

वि.सं.२०७५ फागुन २६ आइतवार

927 

shares

तस्बिर सौजन्य शिव केसी

२६ फागुन, गुल्मी । धुर्कोट गाउँपालिका वार्ड नं २ लाई जिल्लामै पहिलो पटक खरको छाना रहित वार्ड घोषणा गरीएको छ । गाउँबाट खरको छाना विस्थापन गर्ने गाउँपालिकाको अभीयानमा साविकको पिपलधारा गावीसलाई खरको छाना रहित घोषणा गरीएको हो । पिपलधाराका दलित, जनजाती र विपन्न समुदायका नागरिकको घरमा जस्ताको पाता राखेर यो वार्डलाई खरको छाना रहित वार्ड घोषणा गरिएको हो ।

धुर्कोट गाउँपालिका जिल्लामै खरको छाना विस्थापन गर्ने घोषणा गरेको पहिलो स्थानीय तह हो । २०७४ असार २८ मा पदभार ग्रहण गर्दै धुर्कोट गाउँपालिकालाई खरको छाना रहित स्थानीय तह बनाउने घोषणा गरीएको थियो । धुर्कोट गाउँपालिकामा ५ सय भन्दा बढि खरको छाना भएका घर छन् ।
पहिलो पटक खरका छाना विस्थापनको घोषणा गरेको गाउँपालिकाले जिल्लामै पहिलो पटक आफ्नो एउटा वार्डलाई खरका छाना रहित वार्ड घोषणा गरेको छ । गाउँपालिकाले अगामी १ वर्ष भीत्र सबै वार्डलाई खरका छाना बिहीन वार्ड बनाउने तयारी गरेको छ ।

वि.सं.२०७५ फागुन २६ आइतवार १३:५८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...