back
CTIZAN AD

जुवा अखडामा तेस्रो लिङ्गीसहित सात जना महिला पक्राउ

वि.सं.२०७५ फागुन २६ आइतवार

723 

shares

२६ फागुन, साँखु ।  प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ ।
बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । प्रायजसो जुवा अखडाबाट पुरुष जुवाडे पक्राउ पर्ने गरेकामा अहिले धनाढ्य परिवारका महिलासमेत पक्राउ परेको र उनीहरुलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान थालिने उनको भनाइ थियो ।

नाम नबताउने एक पुरुषले पक्राउ परेकामध्ये सरिता नाम गरेकी महिलाले मिटर ब्याजमा पैसा लगानी गर्दै आएकीमा लेनदेनको कुरा नमिलेपछि पटक-पटक झगडा परिसकेको जानकारी दिए । सरितालाई चौथोपटक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अन्य महिला पनि धनाड्य छन् । कर्मा लामा हेलम्बु ले गोप्य रुपमा विभिन्न ठाउँमा लामो समयदेखि जुवा अखडा सञ्चालन गर्दै आएको पक्राउपछि खुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी शनिबार नै मूलपानीस्थित एक होटलमा तास खेलिरहेको अर्को समूहलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विशाल श्रेष्ठ, तेजबहादुर तामाङ, राजकुमार काफ्ले, दीपेन्द्र राई, सूर्य सापकोटा, कृष्ण वाईबा र मनोज पन्त छन् । उनीहरुको साथबाट पचास हजार २०० बरामद भएको थियो । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ फागुन २६ आइतवार १३:३५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...