
२७ फागुन, काठमाडौ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली ईपीएसी अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो ।
बैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मुल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपुर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर करिब ९१ हजार रुपैयाँ खर्च हुन्छ । सोमबारको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।
वि.सं.२०७५ फागुन २७ सोमवार ०८:२९ मा प्रकाशित






























