back
CTIZAN AD

ज्वानो र भाले बोकेर सुत्करी भेट्न जान्छन् गाउँपालिका अध्यक्ष (तस्बीर सहित)

वि.सं.२०७५ फागुन २७ सोमवार

846 

shares

२७ फागुन, काठमाडौं । भोजपुरको अरुण गाउँपालिकाले, गाउँपालिकामा सुत्केरी भएका महिलाका लागि भाले र ज्वानो बोकेर घर–घरै पुग्ने गरेको छ ।

गाउँपालिकामा सुत्केरी भएका महिलाहरुका लागि माइती–चेलीको सम्बन्ध अघि बढाउने उद्धेश्यले यस्तो कार्यक्रम गरिएको गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले बताएकी छन् ।

अध्यक्ष ढकालका अनुसार सुत्केरी भएको घरमा न्वारान गरेर नाम राखिसकेपछि गाउँपालिकाबाट प्रमुख गजेन्द्र बहादुर कार्की, वडा अध्यक्ष, सचिव, अहेव,महिला विकास प्रमुख लगायतको टोली ज्वानो, १ पोका तेल, च्यावनप्रास दुई हजार सम्मको भाले लिएर सुत्केरी महिलाको घरमै जाने र बच्चाको मुखहेर्दा ५ सय रुपैयाँ दिने गरेको पनि उपाध्यक्ष ढकालले बताइन् ।

त्यतिमात्र होइन, गाउँपालिकाले अर्को उदाहरणीय काम समेत गरेको छ । सुत्केरी भेट्न जाँदा वडा सचिवले बच्चालाई त्यहि नै जन्मदर्ता उपलब्ध गराएर वडासम्म पुग्नका लागि हुने सास्तिबाट पनि बचाएको छ ।


गाउँपालिकाले जन्मदर्तासँगै बालकका बाबु आमालाई बधाई लेखिएको कार्ड पनि दिने गरेको छ । उक्त कार्डमा बधाईसहित बालकको सु–स्वास्थ्य तथा दिर्घायूको कामना गर्दै जन्मिएको बच्चा भविष्यमा देशको प्रगतिमा लागोस् भन्ने सन्देश समेत दिइएको गाउँपालिकाका सूचना अधिकृत निरोज कार्कीले बताए ।

त्यसैगरी गाउँपालिकाले अत्यन्तै दयनिय अवस्था रहेका सुत्केरी महिलाको घरमा १ बोरा चामल, आमा र बच्चालाई १–१ जोर कपडा तथा ४ पोका तेल पनि दिने गरेको छ ।

‘कतिपय महिलाले सुत्केरी भएको ३ दिनमै मकैको आँटो खानुपर्ने अवस्था छ, उनीहरुले दुईछाक राम्रोसँग पनि खान नपाउने अवस्था छ,’ उपाध्यक्ष ढकालले भनिन्, ‘त्यस्ता महिलालाई हामीले चामल, तेल लगायत सहयोग गर्ने गरेका छौं ।’

उनले सुत्केरी महिलाहरु यस्तो कार्यक्रमले खुसी भएको बताउँदै माइती आएको अनुभव आफूहरुले गरेको उपाध्यक्ष ढकालले बताइन् ।
गाउँपालिकाले सुरु गरेको यस्तो कार्यक्रम अर्कोवर्षदेखि वडास्तरबाटै लैजाने पनि सूचना अधिकृत निरोज कार्कीले बताएका छन् ।
महिला विकास अन्तर्गत माघ १ देखि सुरु गरिएको उक्त कार्यक्रम गाउँपालिकाले अहिलेसम्म १५ भन्दा बढी सुत्केरीलाई यी सामग्री वितरण गरेको छ । त्यसको लागि २ लाख बजेट छुट्याइएको पनि उपाध्यक्ष ढकालले संसारन्युजलाई जानकारी दिइन् ।

त्यस्तै गाउँपालिकाले गाउँपालिका भरी रहेका ५७ जना स्वयमसेविकालाई मासिक १२ सय भत्ता दिने कार्यक्रम सुरु गरेको छ भने महिलालाई आत्मनिर्भर बनाउनका लागि ढाका बुन्ने, चकटी बुन्ने लगायतका सीपमुलक तालिम संचालन गरेको उपाध्यक्ष ढकालले बताइन् ।

वि.सं.२०७५ फागुन २७ सोमवार ०८:५० मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...