back
CTIZAN AD

सिके राउतको गतिविधिले तरंगित भइहाल्नुपर्ने अवस्था छैन-अध्यक्ष प्रचण्ड

वि.सं.२०७५ फागुन २७ सोमवार

654 

shares

 

२७ फागुन, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारको सिके राउतको जनकपुर गतिबिधि देखेर तरंगित भइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

पोखरा एयरपोर्टमा  सोमबार पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले  आइतबार सिके राउतले मधेशमा गरेको गतिबिधिबारे सोधेको प्रश्नको जवाफ दिदैं रावत भर्खर जेलबाट छुटेर जनकपुर पुगेको तथा आफ्नो समुह सँग छलफल गरेर मुलधारमा जाने तयारी  नपुगिसकेको हुनाले त्यस्तो भएको बताएका छन् ।

‘हिजो जनकपुरमा भएको कतिपय प्रस्तुतिबाट प्रस्न त बनेको छ  तर आफ्नो समुहलाई सहमतिको बारेमा बुझाउने प्रक्रियाको कारणले यस्तो भएको हो,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले तराइमा पृथकतावादी आन्दोलन चलाइरहेको समुहसँग सरकारको सहमति  संविधानको मुल मर्म र भावना अनुसार  नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता र संविधानको मूल मर्म र भावनालाई सम्मान गर्दै मुलधारको राजनीतिमा ल्याउने स्प्रिटमा नै राउतसँग सहमति भएको  बताएका छन् ।

सबै राजनीतिक प्रवुत्तिहरुलाई समेटेर संविधानको मर्म अनुसार मूलधारको राजनीतिमा ल्याउन प्रयास गर्नु जायज कुरा  भएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ सरकारले त्यसो गर्न पाउँदैन भन्ने कुरा होइन, पृथकतावादी आन्दोलन तराइमा समस्याको रुपमा देखिएको र  भोली बढ्न सक्ने  खतरा समेतलाई मध्येनजर गर्दै  समयमै त्यसलाई मुलधारको पोलिटिक्समा ल्याउन निम्ति पहल गरेको छ । त्यसको उद्धेश्यमाथि कहिकतै शंका गर्नुपर्ने लाग्दैन ।’

अध्यक्ष प्रचण्डले सरकारले गरेको सहमति विपरीत जान थाल्यो भने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारलाई भएकोले त्यसमा धेरै तरंगित हुनुपर्ने  कुरा  आफूले नेदेखेको बताएका छन् ।

उनले जनमत संगह्रका कुरा उठेको विषयमा गरिएको प्रश्नमा  भने, ‘जनमत र जनअभिमतको कुरा पनि उठेको छ  जनमतसंग्रहको बारेमा संविधानले किटेरै भनेको छ, संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने पर्ने । सरकारले चाहदैमा र कसैले भन्दैमा त्यो हुँदैन ।’

फागुन २४ गतेको राजनीतिक सहमति पछि  आइतबार जनकपुर पुगेका सिके रावतको समुहले  स्वतन्त्र मधेशको झण्डा र व्यानरसहित  सार्वजनिक कार्यक्रम  तथा स्वतन्त्र मधेशको नारा लगाउँदै उनलाई स्वागत गरेपछि   सहमतिको ४८ घण्टा नपुग्दै  राउतले यस्तो गतिबिधि गरेको भन्दै नेपाली समाज तरंगित बनेको छ ।  समाजमा सहमतिलाई लिएर विभिन्न टिका टिप्पणी गर्न थालिएको छ ।

 

वि.सं.२०७५ फागुन २७ सोमवार १२:४३ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...