
२७ फागुन, काठमाडौ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ३ वटा आयोजना सम्पन्न हुने भएसँगै असार मसान्त सम्म ९६ मेगावट बिजुली राष्ट्रीय ग्रीडमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरीरहेका माथील्लो त्रिशुली थ्रि ‘ए’ र कुलेखानी तेस्रो आयोजनाबाट चालु आर्थिक वर्ष भीत्रै बिजुली उत्पादन सुरु हुने भएको छ ।
प्राधिकरणका अनुसार त्रिशुली थ्रि ‘ए’ बाट ६० र कुलेखानी तेस्रो बाट १४ मेगावाटबाट बिजुली चालु आर्थिक वर्षमै उत्पादन हुने छ । माथील्लो त्रिशुलीको हेड वक्र्स र सुरुङ्गको काम बैशाख १५ सम्म सकिने आयोजनाले जनाएको छ । यस्तै तोकीएको समय भन्दा झन्डै दशक ढिलो सम्पन्न हुन लागेको १४ मेगावाटको कुलेखानी तेस्रोले चैत्र पहिलो साता बाट परीक्षण उत्पादन सुरु गर्ने भएको छ ।
यसबाहेक निजी क्षेत्रको बागमति आयोजनाको पनि परक्षिण उत्पादनको तयारी भएको छ । बागमति आयोजना २२ मेगावाट क्षमताको रहेको छ । निर्माणधिन आयोजना सम्पन्न हुँदा राष्ट्रिय प्रशारणमा ९६ मेगावाट बिजुली थपिने छ ।
वि.सं.२०७५ फागुन २७ सोमवार १५:०१ मा प्रकाशित






























