back
CTIZAN AD

एनआरएनए युएईमा दर्ता

वि.सं.२०७५ फागुन २७ सोमवार

651 

shares


‘नेपालीका लागि नेपाली’ मुलमन्त्रलाई आत्मसात गर्दै बिश्वका बिभिन्न ८० देशहरुमा सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आईरहेको गैरआवासीय नेपाली संघ अन्तर्गत युएई शाखाको रुपमा युएईमा दर्ता गरिएको छ । बिगत २००५ देखि क्रियाशिल रहेको यस गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएई फेब्रुअरी १० मा विधिवत रुपमा युएईमा दर्ता भएको हो । त्यहाँको सरकारले तोकेको सामुदायिक नीति नियम भित्र रहेर आफ्नो समुदायको हक हितको लागी संस्थागत गतिविधि गर्न पाउने गरी यहाँ स्थित कम्युनिटी डेभलपमेन्ट अथोरेटी CDA (Community Development Authority) कार्यालयबाट नेपाल एसोसियन (Nepal Association) का नाममा कानुनि दर्ता प्रमाणपत्र सहित सामाजिक संस्थाका रुपमा मान्यता प्राप्त गरेको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

गैरआवासीय नेपाली संघ युएईले Non Resident Nepali Association पूरा नामको रुपमा नै प्रारम्भिक स्वीकृत प्राप्त गरेको भएता पनि युएईको कानुनी प्राबधानमा Non Resident भनि दर्ता गर्न कानुनी व्यवधान रहेको हुँदा नेपाल एशोसिएसनका नाममा दर्ता भएको अध्यक्ष श्रेष्ठले बताए । संस्थाको हालको लोगो NRNA NCC UAE  नै प्रयोग गर्न मिल्ने गरि संस्थाले मान्यता पाएको जानकारी गराउँदै उनले यस बिषयमा कोहि पनि दुबिधामा नपर्न आग्रह गरेका छन् ।

अध्यक्ष श्रेष्ठले संस्था एनआरएनए एनसिसि युएई इतिहास देखि वर्तमान सम्म आइपुग्दा यस संस्थालार्इ स्थापनाकाल देखि दर्ता मार्फत बैधानिकतासम्म ल्याउन आ–आफ्नो ठाउँबाट व्यक्तिगत एवम् संस्थागत रुपमा योगदान गर्ने सम्पूर्ण आदरणीय अग्रजबृन्द लगायत अभियानमा समाहित अभियान्ता ज्युहरु, ऐक्यबद्धता जारी गर्ने सम्पूर्ण सहयात्री संघ संस्था, समाजसेबीवर्ग, ब्यापारीवर्ग, पत्रकारवर्ग, शुभेच्छुक शुभचिन्तक र युएईवासी श्रमजीवी सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाइहरुमा यो ऐतिहासिक उपलब्धिको उपलक्ष्यमा यो असिम खुसि साट्न पाउँदा अधिक गौरवको अनुभुति गरेको बताएका छन् ।

 

वि.सं.२०७५ फागुन २७ सोमवार १५:५८ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...